Logo

मुलुक ‘लक-डाउन’ गर्नुपर्ने शेखर कोइरालाको माग



काठमाडौं, १० चैत्र । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नेपाललाई जतिसक्दो चाँडो लकडाउन गर्नुपर्ने बताएका छन् । कोइरालाले भारतबाट आउने मानिसको लर्कोले कोरोना पनि सँगसँगैं ल्याउन सक्ने खतरा औंल्याउँदै तुरुन्त लकडाउन गर्नुपर्ने सुझाव अघि सारेका छन् ।

हिजो (आइतबार) फेशबुकमा एक स्टाटस लेख्दै नेता कोइरालाले यस्तो लेखेका हुन् । उनले कोरोना भाइरसले नेपाली जनजीवन त्रसित र भयावह बनाएको समेत उल्लेख गरेका छन् । भारतीय नाकाबाट नेपाल भित्रिएका हजारौं नेपालीहरुलाई चेकजाँचको उचित ब्यवस्था नभएको उनको गुनासो छ ।

उनले सरकारले ती व्यक्तिहरुलाई प्रभावकारी तरिकाले चेकजाँचको प्रवन्ध गरी १४ दिन अनिवार्य सेल्फ क्वारेन्टाईनमा बस्न लगाउनुपर्ने स्पष्ट पारेका छन् । त्यस्तै, कोइरालाले अहिले मौसमी रुघाखोकी र ज्वरोबाट संक्रमितहरुलाई समेत तत्काल कोरोना भाइरसको परीक्षण गरिनुपर्ने सुझाव दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्