Logo

चीनका लागि प्रस्तावित राजदूत पाण्डेको नाम अनुमोदन



काठमाडौं, १० चैत्र । संसदीय सुनुवाई समितिले मित्रराष्ट्र चीनका लागि प्रस्तावित राजदूत महेन्द्रबहादुर पाण्डेको नाम अनुमोदन गरेको छ । आज (सोमबार ) बसेको समिति बैठकले चीनका लागि आवासीय राजदूतमा पाण्डेको नाम सिफारिस गरको हो ।

समितिका सभापति लक्ष्मणलाल कर्णले पाण्डेको नाम राजदूतका लागि सर्वसम्मत सिफारिस गरिएको रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए । गत फागुन १८ गतेको मन्त्रिपरिषद् बैठकबाट चीनका लागि आवासीय, उत्तर कोरिया र मंगोलियाका लागि गैरआवासीय राजदूतमा सिफारिस भएका पाण्डेविरुद्ध समितिमा कुनै पनि उजुरी परेन् ।

उनकाअनुसार संसदीय समितिले फागुन २८ गते उजुरी र गुनासो दिन आह्वान गर्दै १० दिनको समय दिएको थियो र सो समयमा कुनै पनि उजुरी नपरेको सभापति कर्णले स्पष्ट पारे । File Photo/RCN



प्रतिक्रिया दिनुहोस्