Logo

कान्छो पत्रकार दाबी गर्ने सुजन आचार्यको तस्बिर खिचाउँदै प्रभाव जमाएर आपराधिक गतिविधि



मकवानपुर, १० चैत्र । सुजन आचार्यले केही वर्षमै धेरै स्थानमा प्रभाव बनाएको खुलेको छ । हीरा लुटपाटमा संलग्न भई मकवानपुर प्रहरीले पक्राउ गरेका चारजनामध्ये सुजन पनि पक्राउ परेपछि उनको बारेमा धेरै तथ्य खुलेको हो ।

सुजनले प्रहरीका आइजीपीहरुलाई समेत भेटेको तथ्य फेला परेको छ । उनले जसलाई भेट्यो तस्बिर खिचाइहाल्थे । तस्बिर फेसबुकमा राखेर प्रभाव देखाउँथे । त्यसको बलमा आर्थिक फाइदा लिन्थे । प्रहरी स्रोतका अनुसार उनले पहुँच देखाएर कतिपयलाई तर्साउने गर्थे ।

सुजनले वर्तमान आइजीपी ठाकुर ज्ञवालीलाई खादा लिएर बधाई दिएको तस्बिर फेसबुकमा राखेका छन् । उनले पूर्व आइजीपी सर्वेन्द्र खनाललाई पनि भेटेको तस्बिर छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग दशैंमा टीका लगाएको तस्बिर पनि छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, गृहमन्त्री रामबहादुर थापा बादल, राजपा नेता राजेन्द्र महतोलगायतसँग उनले भेटेर तस्बिर खिचाएका छन् ।

तस्बिर खिचाएर उनले प्रभाव र पहुँच रहेको भन्ने र फाइदा लिने गरेको बुझिएको छ । हीरा लुट्न उनले दरबारमार्ग वृत्तका असई सुरेन्द्रबहादुर बसेल, प्रहरी जवानहरु वीरबहादुर बस्नेत र हेमाकान्त पुनमगरलाई मकवानपुरको कैलाश गाउँपालिका ५ चौकीटार पुगेका थिए । ७० वर्षीया धनलक्ष्मी गुरुङको घरमा हिरा लुट्न जाँदा आइतबार पक्राउ परेको खुलेको छ ।

मकवानपुरका एसपी सुशीलसिंह राठौरले उनीहरुले पेस्तोल देखाएर हीरा लुटेको अनुसन्धानबाट पत्ता लागेको बताए । हीरा किन्न भनेर पुगेको र पेस्तोल देखाएर लुटेपछि प्रहरीले पालुङ पुगेपछि पक्रा उ गरेको थियो ।

 



प्रतिक्रिया दिनुहोस्