Logo

तत्काल सेना परिचालन गर्न ईन्जियिनर कँडेलको माग



‘भोलि संकटको अवस्था आउँछ, बैंकबाट पैसा निकालिहाल्नुहोस’

काठमाडौं, १० चैत्र । पब्लिक ईनोभेटर ईन्जिनियर दिपेन्द्र कँडेलले नेपालमा कोरोना भाइरस (कोभिड–१९) को प्रभाव परिसकेकोले अब सरकार, निजी क्षेत्र र नेपाली जनताले आ–आफ्नो ठाउँबाट जिम्मेवारी बहन गर्नुपर्ने र सचेतना अपनाउनुपर्ने सुझाव दिएका छन् । उनले कोरोनाको पोजिटिभ केश देखिईसकेको र सरकारले दिएको निर्देशन जनताको तहबाट अवेज्ञा भएको बताउँदै सरकारले कठोर कदम चाल्नुपर्ने पनि आवश्यकत्ता औंल्याएका छन् ।

सोमबार पत्रकार सम्मेलनको आयोजना गरेर उनले सरकारले तत्काल नेपाली सेनालाई प्रयोग गर्नुपर्ने पनि तर्क गरेका छन् । उनले तत्काल गर्नुपर्ने काम र दिर्घकालिन रुपमा गर्नुपर्ने कामको सुझावसमेत सरकार र आम नागरिकसामू अघि सारेका छन् ।

उनले भनेका छन्,‘नेपालमा दोस्रोपटक कोरोना दृेखिएको थाहा पाएको छु । पहिलो विरामी उपचारपछि निको भएर घर फर्किएका छन् । अर्को आजमात्रै पोजिटिभ रिपोर्ट आएको भनेर नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्यमन्त्री भानुभक्त ढकालले भन्नुभयो । यो अवस्थामा नेपाल सरकारको निर्देशन मानेर सम्पूर्ण नेपालीले सरकारलाई सहयोग गर्नुपर्छ । अहिले हामीले सरकारलाई आफ्नो तहबाट साथ र सहयोग गर्ने बेला हो । सबैले धैर्यताका साथ आफ्नो भूमिका निर्वाह गरौं ।’

उनले युरोपको ईटालीले सुरुवाती चरणमा कोरोनाबारे सतर्कता अपनाउन हेलचेक्र्याँई गरेको पनि स्मरण गराए । उनले थपे,‘त्यही भएर उसले आज ठूलो मानवीय तथा आर्थिक क्षति व्यहोर्नु परको छ । नेपालले बेलैमा यसबाट पाठ सिकोस् । विश्वनै अहिले संकटबाट गुज्रिरहेको छ, नेपाल पनि त्यसको प्रभावबाट गुज्रिरहेको छ । अहिले आर्थिक अवस्था ठप्प प्रायः छ । सोचौं । उच्च सतर्कता अपनाउँ ।’

कँडेलले अहिले नेपाल सामाजिक तथा आर्थिक रुपमा पनि जटिल अवस्थामा रहेको सुनाए । उनले थपे,‘यो बेला सबै नेपाल सरकार, निजी क्षेत्र, नागरिक समाजका अगुवा, सामाजिक अभियन्ता अझ बढि सचेत हुनुपर्छ । निःस्वार्थ काम गर्नुपर्ने देखिन्छ । आज दोस्रो पटक कोरोना देखिनु र यो अगावै प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले आजैबाट लक डाउन गर्ने निर्णय गर्नु कोरोनासम्बन्धीको तयारी सरकारको दुरदर्शी तथा प्रभावकारी कदम हो भन्ने कुरा प्रमाणित हुन्छ । त्यसर्थ, नेपाल सरकारका सबै निर्णय जनताले अक्षरंश पालना गर्नुपर्छ । यसमा कसैले पनि बेवास्ता गर्नुभएन् ।’ पब्लिक ईनोभेटरको नाताले उनले नेपाल सररकारलाई केही सकारात्मक सुझावहरु पनि अघि सारेका छन् ।

तीमध्ये महत्वपूर्ण सुझाव यस्ता छन्:
१. अविलम्ब नेपाली सेना परिचालन गर्नुपर्छ । सडकमा सेना निकाल्नुहोस् ।
२. अत्यावश्यक कर्मचारुीबाहेकलाई विदामा बस्न राख्नुपर्छ । विद्युत, खानेपानी, स्वास्थ्य, आपूर्तिबाहेक अन्य निकायका सबै कर्मचारीहरुलाई अनिवार्य विदामा राख्नुपर्छ । सडक विभागका ईन्जिनियरको काम के छ ? खेलकुद मन्त्रालयको काम के ? पर्यटन मन्त्रालयको काम के ?
३. सबै लकडाउन गर्नुपर्छ ।
उनले भनेका छन्,‘अहिले पनि हार्डवेयर खुलेको देखेको छु । आर्मी परिचालन गरेर भीड नियन्त्रण गर्नुपर्छ । आजपनि काठमाडौंमा सवारीको ठूलो चाप छ । जताततै जाम छ भन्ने कुरा आएको छ । कतिपय स्थानमा त मैले पनि देखेको छु ।’
४. साना गाडीलाई अत्यावश्यक कामबाहेक निजीलाई पनि रोक लगाउनुपर्छ । भोलिका दिनमा एम्बुलेन्सको रुपमा प्रयोग गर्नुपर्ने दिन आउन सक्छ ।
५. दैनिक ज्यालादारीमा काम गर्नेहरु अहिले बेरोजगारी भएका छन् । उनहिरुको गाँस, बाँसको व्यवस्था गर्ने नीति बनाउनुपर्छ । यदि यस्तो व्यवस्था गरिएन भने काठमाडौंमा भोकमरीको अवस्था आउन सक्छ । शहरमा लुटपाट, डकैती र चोरीजन्य क्रियाकलाप हुनसक्छ ।

त्यस्तै, उनले नेपाली नागरिकले पनि यस्तो बेलामा आफ्नो तहबाट केही सुझाव पालना गर्नुपर्ने बताउँदै महत्वपूर्ण सुझाव अघि सारेका छन् । उनले बैंकबाट सबै रकम निकालेर सुरक्षित राख्न आग्रह गरेका छन् । उनले भने,‘साना पसलमा कार्ड चल्दैनन् । यसको भर पर्दा भोलि खान नपाईएला । उपचार गर्न नसकिएला । सबै कुराको ध्यान अहिले नै दिनुपर्छ । सरकारले कोरोनाको उपचार गर्छ । भोलि अन्य रोग, मिर्गौला फेल होला । मुटु रोग लाग्ला । यसको उपचार त सरकारले गर्दैन नि । त्यसैले आफ्नो लागि र परिवारको हितकोलागि पनि यो कदम चाल्न अनिवार्य आवश्यक छ ।’

उनले भोलि एकैपटक पैसा निकाल्दा बैंकमा जाम हुनसक्ने पनि अप्ठयारो परिस्थिति औंल्याएका छन् । उनले थपे,‘कोरोनाबाहेकका रोगका उपचार पनि गर्नुपर्छ । भोलि कोही सुत्केरी होलान्, त्यतिवेला के गर्ने ? पैसा सुरक्षित घरमा हुँदैन भन्ने लाग्छ भनेपनि आफ्नो घरको गाग्रीमा हालेर राख्नुहोस् । म विनम्र अनुरोध गर्दछु ।’

त्यस्तै, उनले यदि भोलि कोही कसैलाई कोरोना लागिहाल्यो भने क–कसलाई सम्पर्क गर्ने हो ? त्यो लिष्ट अहिले नै आफूसँग सुरक्षित राख्नपनि अपिल गरेका छन् । उनले थपे,‘व्यक्तिलाइृ केही भयो ? भने परिवार कसरी अघि बढ्ने ? सम्पूर्ण परिवार संक्रमित भए छिमेकीको सहायता लिने वातावरण बनाउनुपर्छ । कोरोनाबारे सचेतना आदानप्रदान गरौं । एम्बुलेन्सको नम्बर राखौं । साना गाडीहरुको नम्बर राखौं । चालकहरुको नम्बर राख्नुहोस् । विकल्पसहित तयारी गर्नुहोस् । छिमेकी र आफन्तलाई अप्ठ्यारो पर्यो भने सापटी दिने मनशाय बनाऔं । आवश्यक पैसा तीन महिना लम्बिन सक्छ । सोहीअनुसार नगद राख्नुहोस् ।’

त्यस्तै उनले अहिलेको विषम अवस्थामा आ–आफ्नो ठाउँबाट सकारात्मक भूमिका निर्वाह गर्ने र उदारता देखाउनेहरु नै धन्यवादका पात्र भएको सुनाएका छन् । उनले भनेका छन्,‘आफ्नो घर क्वारेन्टाईनमा दिन तयार छु भनेर घोषणा र प्रतिबद्धता गर्ने पत्रकार ऋषि धमलालगायत सबैमा धन्यवाद छ । घरभाडा मिनाहा गर्ने सबैलाई धन्यवाद छ । होटलहरु क्वारेन्टाईनमा दिन निर्णय गर्ने र तयारी थाल्ने सबैमा मेरो साधुवाद छ ।’

कँडेलले नेपाली जनतालाई यस्तो अवस्थामा आईपर्दा आजको दिनसम्म कुनैपनि वित्तिय संस्थाले सामाजिक उत्तरदायी पूरा नगरेको र सहयोगी मन नदेखाएको भने गुनासो पोखेका छन् । उनले भने,‘ती वित्तिय संस्थाहरुले आजको मितिसम्म जनतालाई राहत पुग्नेगरि कुैन योजना तथा निर्णय गरेका छैनन् । भोलिका दिनमा बैंकलाई पर्ने अप्ठ्यारोलाई यही नेपालीले साथ दिने किसिमको व्यवहार अहिले बैंकहरुले गर्नुपर्ने बेला छ ।’

कँडेलले नागरिक उड्ययनको सवालमा समेत केही जिज्ञासा राखेका छन् । उनले भने,‘आजको आजै आन्तरिक उडान बन्द गर्नुपर्छ । प्लेन चढ्नलाई ट्याक्सी चढ्नुपर्ला अनि आन्तरिक उडान खुल्ला राख्दा कसरी लकडाउन सफल हुन्छ ? लक डाउन जमिनमा मात्रै होईन, आकाशमा पनि गर्नुपर्छ । यसप्रति जिम्मेवार निकाय र यसका प्रमुखको अविलम्ब ध्यान जाओस् । जनस्वास्थ्यप्रति कसैले खेलबाड गर्न मिल्दैन् । यदि गर्ने चेष्टा गर्नु भनेको महाअपराध हो ।’

उनले आफूले फागुन २६ गते नै रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर २४ घण्टाभित्र सबै हवार्ड उडान स्थगित् गर्न माग गरेको स्मरण गराए । उनले भने,‘हेनुृहोस त अहिले चैत्र ४ गते कतार एयरवेजबाट काठमाडौं आएकी एक नेपाली विद्यार्थीमा कोरोना पोजिटिभ भेटियो, बेलैमा सरकारले मेरो कुरा सुनेको भए आज यो अवस्था आउने नै थिएन् । यसमा सबैभन्दा ठूलो दोष त पर्यटनमन्त्री योगेश कुमार भट्टराईजीको छ । उहाँले यसको जिम्मा लिनुपर्छ ।’

त्यस्तै, उनले विदेशमा रहेका नेपालीहरुपनि अहिले ठूलो जोखिममा रहेको सुनाए । उनले भने,‘भोलि यदि विदेशमा बस्ने नेपालीहरुलाई डिपोर्ट गर्ने अवस्था आयो भने तिनीहरुलाई कसरी नेपाल भित्र्याउने भन्नेबारे अहिले नै नागरिक उड्ययन मनत्रालयले तयारी थालोस् । यसमा पनि लापरवाही गर्ने होईन् ।’

कँडेलले नेपालमा भएका विदेशी नागरिकहरुलाई उनीहरुको देश फर्काउनुपर्ने अवस्था पनि आउनसक्नेतर्फ सरकारले आवश्यक कदम चाल्न अहिलेदेखि नै तयारी थाल्नुपर्ने सुझाव दिएका छन् । उनले भने,‘सरकारले अहिले नै त्यसको लागि तयारी गरोस्।’

विदेशमा भएका नेपालीहरुलाई भोलि खानाको समस्या आउनपनि सक्नेतर्फ उनले खतरा औंल्याए । उनले भने,‘म सरकारलाई यसबारेमा पनि विशेष अनुरोध गर्न चाहन्छु, विदेशमा रहेका नेपालीहरुको उद्धारको लागि सकेसम्म राजदूतावास छ भने त्यहाँ यदि नभए त्यहाँस्थित् विदेशी नियोगलाई निर्देशन दिनुहोस्, र तपाईहरुले पनि आफैं सम्पर्क गरेर आफ्नो समस्याको समाधान गनुृहोस् ।’

उनले विदेशमा भएकाहरुलाई डिपोर्ट गराउनुपर्ने अवस्था आए उनीहरुले गरिरहेको काम, तलब, व्यवस्थापन गर्नसमेत आग्रह गरेका छन् । ‘त्यसको पनि तयारी गरोस् । टिकट काट्ने अवस्था छैन् । सरकारले कसरी सम्बोधन गर्छ ? आफन्तलाई बोलाउन मन छ, तर टिकट काट्ने अवस्था छैन् । त्यसको पनि सरकारले कसरी सम्बोधन गर्छ ?’–उनले भने ।

नेपालमा भएका विदेशीहरुको बारेमा भोलि नेपाल पुरै ठप्प भयो भने उनीहरुको अवस्था कस्तो होला ? त्यसको लागिपनि सरकारले बेलैमा ध्यान दिनुपर्ने कँडेलको भनाई छ । उनले भने,‘नेपाल घुम्न आएका धेरै विदेशीहरुको खाना खाने पैसा सकिएको छ । होटेलमा बस्ने पैसा छैन् । प्यस्तो बेलामा सरकारले उनीहरुको लागि पनि विशेष याकेज घोषणा गर्नुपर्छ ।’
अन्त्यमा, कँडेलले नेपालको आजको आवश्यकत्ता भनेको तत्काल नेपाली सेना परिचालन नै भएको सुनाउँदै त्यसको लागि सरकारले उपयुक्त कदम चाल्नुपर्ने अपिल गरेका छन् ।

‘नेपाल तथा विदेशमा रहेका आम नेपाली नागरिकरुमा जे–जस्ता समस्या छन्, त्यसको समाधानको लागि म सहयोग गर्न तयार छु । आफ्नो ठाउँबाट सकेकोको काउन्सिलिङ पनि गर्छु । फेशबुक मेसेज, ईमेल, कमेन्ट बक्स, भाईबर, ह्वाट्सएप, लगायतका सामाजिक सञ्जाल र मसँग जोडिने नम्बर ९७७–९८०१०–१४५५३ मा सम्पर्क गनुृहोस् । मेसेजमार्फत सम्पर्क गर्न अनुरोध छ । सम्बन्धित निकायसँग म समस्याको समाधानको लागि पहल गर्नेछु । म यो यसमा प्रतिबद्ध छु ।’–कँडेलले भने ।

त्यस्तै, उनले आफूले वाईडबडीको ठूलो माछाहरु जनतासामू देखाउने पनि पूनः प्रतिबद्धता दोहोर्याएका छन् । त्यसकोलागि आफूले आवश्यक सबै अध्ययन तथा अनुशन्धान गरिसकेको उनको दाबी छ । file photo



प्रतिक्रिया दिनुहोस्