Logo

के खुल्ने के नखुल्ने (सूचीसहित)



काठमाडौं, १० चैत्र । सरकारले सम्पूर्ण देशमा लकडाउन गरेको छ । भोलि देखि अत्यावश्यक सेवा बाहेकको अवस्थामा घरबाहिर निस्कन समेत प्रतिबन्ध लगाएको छ । ११ चैत्रको विहान ६ बजे देखि लागू हुने गरी लगाइएको रोक १८ चैत्रको विहान ६ बजेसम्म लागू गरिनेछ ।

अत्यावश्यकबाहेकको सेवा दिने सरकारी कार्यालयहरु पूर्ण रुपमा बन्द हुनेछन् । त्यस्ता कार्यालयमा पनि अत्यावश्यक बाहेकका कर्मचारीलाई बिदा दिइनेछ ।

अस्पतालहरु खुल्नेछन् । पसलहरु पनि खुल्नेछन् । मानिसहरु अत्यावश्यक सामान खरिदका लागि मात्र निस्कन पाउनेछन् ।

के खुल्ने के चल्ने
अस्पताल
मेडिकल पसल
खाद्यान्न पसल
अत्यावश्यक सेवाका सरकारी कार्यालय
अत्यावश्यक सामाग्री बोकेका ढुवानीका सवारी साधन
बैंकका एटीएम

के बन्द हुने के नचल्ने
सार्वजनिक तथा निजी सवारी साधन
निजी तथा अत्यावश्यक बाहेकका सरकारी कार्यालय
बैंक
अत्यावश्यक बाहेकका ढुवानी
अत्यावश्यक सामाग्री विक्री गर्ने बाहेकका पसल
होटल/ रेष्टुरेन्ट
स्वीमिङ पुल
जीम क्लब



प्रतिक्रिया दिनुहोस्