Logo

मोदीले ‘जनता कफर्यु’मा झुपडीमा बसेर थाल ठटाउने वृद्धाको प्रशंशा गरे



एजेन्सी, ११ चैत्र । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एउटा भिडियो शेयर गरेका छन् । उनले झुप्रो बाहिर थाल ठटाइरहेकी वृद्धाको भिडियो शेयर गर्दै जनता कफर्युको पालना गरी अरुलाई पनि गर्न आव्हान गर्ने वृद्धाको प्रशंशा समेत गरेका छन् ।

मोदीले लेखेका छन्,’ आउनुहोस् यो आमाको भानाको आदर करेर हामी पनि घरमै रहौं । उहाँ हामीलाई यही सन्देश दिनुहुन्छ ।’

भारतमा कोरोना भाइरसको रोकथामका लागि अधिकांश भागमा जनता कफ्र्यु छ । भारतमा लकडाउनका कारण जनजीवन प्रभावित छ । कोरोना भाइरसका कारण झण्डै छ सय संक्रमित भएपछि भारतीय प्रधानमन्त्री मोदीले जनता कफ्र्युको आव्हान गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्