काठमाडौं,चैत ११ । सोमबार विहान १२ बजेदेखि सरकारले विदेशबाट आउने यात्रुको नेपाल प्रवेशमा रोक लगाएपनि दुईजना नेपाली स्वदेश प्रवेश गरेका छन् । उनीहरु दुवै जना केही दिनअघि अस्ट्रेलिया गएको तर त्यहाँको अध्यागमनले प्रवेश नदिएपछि दुबई हुँदै नेपाल फर्किएका हुन् ।
दुबइको अबुधावी विमानस्थलबाट आएको इतिहाद इयरलाइन्सको इवाई २९० उडानमार्फत सोमबार दिउँसो ३ः५० माउनीहरु नेपाल आएका हुन् । नेपालमा रहेका आफ्ना यात्रु लैजान अबुधाबीबाट आएको उक्त विमानबाट उनीहरु काठमाडौं आए पनि बेलुका अबेरसम्म विमानस्थलमै राखिएको छ ।
प्रतिबन्धित समयमा नेपाल प्रवेश गर्नेहरुको परिचय भने गोप्य राखिएको छ । उनीहरुलाई क्वारेन्टाइनमा वाहोम क्वारेन्टाइनमा पठाउनेबारे अबेरसम्म निर्णय हुन नसकेको अध्यागमन स्रोतले जानकारी दिएको छ । त्यसो त सोमबार दिनभर तीन विदेशी विमान कम्पनीले त्रिभुवन विमानस्थलमा चारवटा उडान भरेका छन् । कतार एयरवेजले दुई अवतरण तथा उडान भरेको छ भने कोरियनर इतिहादले एक–एक उडान भरेका हुन् । कतार एयरवेजको विमानले सोमबार बिहान काठमाडौं–दोहार अन्य दुई कम्पनीले साँझ भरेका थिए ।
कतार र कोरियन एयरलाइन्सले भने कुनै यात्रु नल्याएको र नेपालमा रहेको यात्रुलाई लैजान मात्रै अवतरण गरेको विमानस्थल कार्यालयले जानकारी दिएको छ ।
नेपाल आएका सबै उडानहरु तालिकाअनुसारकै भएको विमानस्थल कार्यालयले जनाएको छ । कोभिड–१९ को संक्रमण हुनसक्ने जोखिमलाई ध्यान दिँदै सरकारले विदेशबाट आउने उडानमा चैत १८ गतेसम्म पूर्णरुपमा प्रतिबन्ध लगाएको छ । उक्त प्रति बन्धपछि पनि विदेशी विमान कम्पनीहरुले उडान भरिरहेका छन् । प्रतिबन्ध यता सिल्क एयरलाइन्सले विदेशी यात्रुसहित ९८, एयर इन्डियाले १२ र थाई एयरलाइन्सले ५० जनायात्रु नेपाल ल्याइसकेका छन् ।
आन्तरिकतर्फका उडानमा भने विमान कम्पनीलाई यात्रु ओसार्न भ्याइनभ्याई छ । विमानस्थल कार्यालयकाअनुसार सोमबार दिनभर आन्तरिकतर्फ दुई सय ६० भन्दा बढी उडान तथा अवतरण भएका छन् ।
काठमाडौंबाट देशभरका गन्तव्य र काठमाडौंबाहिरका विमानस्थलबाट पहाडी गन्तव्यमा उडान भएको विमानस्थल कार्यालयले जानकारी दिएको छ । नागरिक दैनिकबाट