Logo

कोरोना भाइरसबाट संक्रमित चार लाख पुग्दै, मृतक संख्या साँढे १६ हजार



एजेन्सी, ११ चैत्र । विश्वभर महामारी बनेको कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या साँढे १६ हजार पुगेको छ । संक्रमित संख्या चार लाख नजिक पुगिसकेको छ ।

पछिल्लो तथ्यांक अनुसार तीन लाख ८१ हजार छ सय ४९ मध्ये एक लाख दुई हजार चार सय २९ संक्रमणमुक्त भएका छन् । मृतकको संख्या १६ हजार पाँच सय ५८ पुगेको छ ।

सबैभन्दा बढी संक्रमित संख्या चीनमा छन् । चीनमा ८११७१ संक्रमित संख्या पुगेको छ । त्यहाँ ३२७७ को मृत्यु भएको छ । चीनमा संक्रमित संख्या वृद्धि हुने क्रम निकै घटेको छ । चीनलाई इटालीले उछिन्न लागेको छ । त्यहाँ ६३९२७ संक्रमित भइसकेका छन् । मृतकको संख्यामा इटालीले चीनलाई उछिनिसकेको छ । त्यहाँ ६०७७ को मृत्यु भइसकेको छ ।

अमेरिकामा ४६१४५ संक्रमित भएका छन् । अमेरिकामा संक्रमित संख्या ह्वात्तै बढेको छ । स्पेनमा १९८५६, दक्षिण कोरियामा ९०३७, स्वीटजरल्यान्डमा ८७९५, बेलायतमा ६६५० संक्रमित भएका छन् ।



प्रतिक्रिया दिनुहोस्