Logo

कोरोना भाइरसको संक्रमण भएमा मृत्युको सम्भावना कति



एजेन्सी, ११ चैत्र । कोरोना भाइरसको संक्रमण भएमा मानिसको मृत्यु हुनसक्छ । यसले विभिन्न समस्या ल्याउँछ । तर, मानिसको मृत्यु भइहाल्ने निश्चित भने हुँदेन ।

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसबाट के के सम्भावना रहन्छ भनी सर्वेक्षण गरेको छ । ५६ हजार संक्रमितलाई नमूना मानेर गरिएको रिसर्चले ६ प्रतिशत संक्रमित गम्भीर विरामी भएको देखाएको छ । उनीहरुको फोक्सोलगायत अन्य अङ्ग बिग्रिएको र मृत्युको खतरामा पुगेको देखिएको थियो ।

१४ प्रतिशतलाई गम्भीर लक्षण देखिएको थियो । जसमा स्वासप्रश्वासमा समस्या देखिएको थियो । ८० प्रतिशतलाई सामान्य लक्षण देखिएको थियो । उनीहरुलाई ज्वरो आउने, खोकी लाग्ने र कसै कसैलाई निमोनिया भएको उल्लेख छ ।

डब्लुएचओका अनुसार कोरोना भाइरसको संक्रमणबाट १ देखि २ प्रतिशत मृत्यु हुने सम्भावना देखिएको थियो । मृत्युका दृष्टिले कोरोना भाइरस अति खतरनाक भने होइन । तर, यो छिट्टै फैलिएबाट त्रास बढेको हो ।



प्रतिक्रिया दिनुहोस्