Logo

कोरोना भाइरससँग लड्न रक्सीले काम गर्छ भन्ने वाइयात हल्ल चलाइएको छ- डा. ढुण्डीराज पौडेल



काठमाडौं, ११ चैत्र । वरिष्ठ चिकित्सक प्राध्यापक डा. ढुण्डिराज पौडेलले कोरोना भाइरसको रोकथामका बारेमा महत्वपूर्ण टिप्सबारे जानकारी दिएका छन् । कतिपय विषयमा भ्रमहरु छरिएको भन्दै सचेत हुन समेत आग्रह गरेका छन् । डा. पौडेलसँग ऋषि धमलाले यसै विषयमा गरेको कुराकानीः
अहिले कोरोना विश्वमा फैलिएको यसको रोकथामको लागि नेपालले के के गर्नुपर्छ ?
पहिलो कुरा यहाँहरु सबैलाई थाहै छ, यो स्वासप्रस्वासबाट एक व्यक्तिबाट अर्कोमा सर्दछ । अहिले यो महामारीको रुपमा विश्वव्यापी भएर पैmलिएको छ । अहिलेसम्मको अध्ययनले यसलाई एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्नको लागि हाछ्यु गर्दा, खोक्दा वा व्यक्तिव्यक्तिको सम्पर्कबाट यो रोग सर्दछ । दोस्रो कुरा हात जुन चिज हामीले जे काम गर्दा पनि प्रयोग गर्दछौं त्यसबाट यो संक्रमण पैmलिने सम्भावना रहन्छ । त्यसको लागि प्रत्यक्ष सम्पर्कबाट टाढा रहनुपर्यो । दोस्रो कुरा साबुन पानीले हात हुने अथवा अल्कोहलयुक्त झोल पदार्थले हातलाई सफा गरेर मात्रै घरमा प्रवेश गर्ने ।
त्यसोभए यसको लागि अल्कोहल प्रयोग नै उपयुक्त हो ?
सबैभन्दा राम्रो त साबुन पानीले हात धुनु नै उपयुक्त हो । यसमा सबैभन्दा दूभाग्र्यपूर्ण त काठमाडौंमा साबुन पानीले हात हुन पनि पाइँदैन । दुवै कुरा एउटा साबन पानीले हात हुने अथवा अल्कोहलयुक्त जसलाई सेनिटाइजर भन्छौं त्यसबाट हात सफा गरियो भने पनि किटाणुहरु मर्छ ।
रक्सी पिउनु हुन्छ कि हुँदैन ?
रक्सी पिउनु र हात धुनु भनेको फरक कुरा हो । रक्सी खानुपर्छ भन्ने ठूलो भ्रम हो । अहिले जसरी रक्सी खाएपछि रोगसँग लड्ने क्षमता बढ्छ भन्ने वाहियात झुठको खेती भइरहेको छ । अल्कोहल खाएर मानिसमा रोगसँग लड्ने क्षमता बढ्ने होइन ।
धुम्रपान पनि गर्नुहुँदैन भनिएको छ नि ?
रक्सी र चुरोटले त रोगसँग लड्ने क्षमतामा कमी ल्याउँछ । रेक्सी, चुरोट, खैनी, गुड्खा जस्ता निकोटियुक्त पदार्थहरुले त झन् बढी संक्रमणहरु बढाउँछ । अहिलेसम्म नेपालमा कोरोना लागेको छैन भन्ने विश्वस्वास्थ्य संगठनले पनि भनिरहेको छ । त्यो हाम्रो नेपालको लागि ठूलो अवसर हो । यसलाई एउटा हाल टार्ने अथवा निवारण मात्रै गरेर छोड्ने होइन । यसलाई अवरको रुपमा लिएर नेपालको स्वास्थ्य क्षेत्रलाई कसरी मझबद र व्यवस्थित बनाउने भनेर अगाडि बढ्नुपर्छ । यसको लागि शहरबाट गाउँतिर फर्कने । जसरी पूर्वीय सभ्यता अनुसार नमस्कार, ओमकार जस्ता बद्धतिलाई कसरी अपनाउने । कसरी प्राकृतिक कुरालाई व्यवहारमा ल्याउने र त्यसलाई अहिलेको विज्ञानसँग जोड्ने भन्ने अहिलेको वैज्ञानिक प्रविधि र पूर्वीय दर्शनसँगै लिएर जान सक्नुपर्छ ।
कोरोनाको संक्रमणसँगै विश्वमा रक्सीको बिक्री ह्वात्तै बढेको छ नि ?
यो सबैभन्दा ठूलो बिडम्बना हो । यो रोगबाट बच्नको लागि रक्सी, चुरोट, खैनी, सुर्ती जस्ता वस्तुलाई त पुरै निशेध गर्नुपर्ने अवस्था छ ।
त्यसोभए रक्सी निषेध गरौं त हाम्रो देशबाट सकिन्छ ?
चीन, भारत जस्ता देशले गरेका छन् भने हामीले गर्न नसक्ने भन्ने होइन । यो संक्रमणले गर्दा आर्थिक रुपमा पनि नकारात्मक असर परेको छ । यसलाई परिपूर्ति गर्नको लागि पनि अल्कोहलको नाममा जसरी अर्बौ पैसा खर्च भएको छ । त्यसलाई राज्य रोक लगाउनुपर्ने आवश्यकता छ । यसले राज्यलाई कर आउँछ भन्ने होइन, यसमा नेपालीहरुको अर्बौं रुपैया खर्च भइरहेको छ । यी चीजले नेपालीहरुको स्वास्थ्यमा ठूलो हानी पु¥याएको छ । छिमेकी मुलुक भारतमा प्रतिवन्ध लगाइएको वस्तुहरु जस्तै रक्सी, चुरोट, खैनी जस्ता पदार्थहरुको खाली बट्टाहरु गाउँ–गाउँमा पुगेका देखिन्छ । यी कुराहरुलाई निषेध गर्नुपर्छ ।
सेल्फ क्वारेन्टाइनमा कसरी बस्ने ?
क्वारेन्टाइनमा बसेको भन्नेबित्तिकै त्यो व्यक्ति जोखिममा छ भन्ने बुझ्नुपर्छ । त्यो भनेको जो व्यक्ति कोरोना संक्रमित व्यक्तिको सम्र्पकमा गएको छ, त्यसको लागि हो । त्यस्तो मान्छे जोखिममा रहेको हुन्छ । अथवा जुन व्यक्ति संकास्पद व्यक्तिसँग बसेर कुराकानी गरेको छ भने त्यसलाई हाइरिक्स व्यक्ति भन्दछौं । त्यस्तो व्यक्तिले आफ्नो परिवार वा छरछिमेकको सम्र्पकमा नगईकन आफ्नै घरमा बस्ने, आफ्नो सुरक्षा आपैm गर्ने गर्नुपर्छ । सेल्फ आइसोसेलन भेनको आपूmले प्रयोग गर्ने कपडा, खाना खाने भाँडकुडा, प्रयोग गर्ने सामान सबै छुट्टै व्यवस्था गर्नुपर्छ । जसको कारणले ऊ अरुको सम्पर्कमा बस्नुभएन त्यसलाई भनिन्छ सेल्फ क्वारेन्टाइन ।
अहिले सबै शीर्ष नेताहरु होम क्वारेन्टाइनमा बसेको जाहेज हो ?
यो भनेको ठूलो दूभाग्य हो । इटालीमा १९१८ मा इन्फ्युइन्ज भन्ने योभन्दा ठूलो रोग फैलिको थियो । त्यसैको अर्को रुप हो यो । त्यसले युवाअवस्थाका मान्छेलाई बढी प्रभावित पारेको थियो । त्यसमा धेरै सेनाहरु प्रभावित भएका थिए । यो इन्फ्युयन्जा भनेको ६० देखि ६५ वर्ष नाघेका मान्छेहरु चाहीं बढी जोखिमयुक्त छन् भन्ने अनुमान गरिएको छ । त्यसको मतलब फेरि बच्चाहरु प्रभावित हुँदैनन् भन्ने होइन । तर, १९१८ को भाइरसमा युवा वर्ग र आर्मीहरु बढी प्रभावित थिए भने अहिले बृद्धबृद्धालाई बढी प्रभावित पार्ने गरेको तथ्यांकले देखाएको छ । त्यसपछि दीर्घ रोगीहरु जसको रोगसँग लड्ने क्षमता कमी छ त्यस्ता व्यक्तिहरुलाई बढी प्रभावित पारेको छ अहिलेको भाइरसले ।
सरकारले भारत र चीनसँग जोडिएका सीमाहरु बन्द गरेको छ, यसबाट जोखिमबाट बच्न राहत मिल्छ ?
कुनै पनि व्यक्तिमा सामान्यतयाः कोरोना भाइरस प्रवेश ग¥यो भने दुई हप्तामा उजागर भएर छोड्छ । अथवा बल्ला त्यसका संक्रमणका लक्षणहरु देखिन थाल्दछन् । त्यसकारणले दुई हप्तासम्म आइसुलेसनमा बस्नु भनिएको हो । म एउटा चिकित्सकको नाता के भन्न चाहन्छु भने ‘बन्द मात्रै समस्याको समाधान होइन,’ । कसैलाई बन्द गर भन्न सजिलो छ । तर, कुनै पनि रोग निवारणका लागि चिकित्सा सेवालाई कसरी प्रभावकारी बनाउने भन्ने । भोलि यो नपैmलियोस् भन्ने हाम्रो कामना मात्रै हो ।रक्सीलिइसकेपछि त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने ठूलो चुनौति पनि छ । यसबाट जनमानसमा भयाबहको अवस्था सिर्जना हुन सक्छ । हामीकोमा जनचेतनाको पनि अभाव छ । तपार्इंहरु अरुको सम्पर्क नजानुस् घर–घरमा बस्नुस् भन्दा पनि अभैm पनि सडकमा जाने, भीडभाडमा जाने, मानिसको सम्पर्कमा जाने जस्ता कामहरु गरिरहेका छन् । यसमा रक्सी, जाँड खानुहुँदैन भन्ने छ, त्यसको उलंघन गर्ने र रक्सी सेवन गर्ने जस्ता प्रवृत्तिहरु देखिएका छन् । यस्तो प्रवृत्तिले कोरोना भाइरसको अन्त्य भए पनि फेरि अर्को रोग फैलिन सक्छ । अहिले मानिसहरुमा अप्राकृति क्रियाकलपहरुले गर्दा पनि विभिन्न किसिमका अमानवीय भाइरसहरु फैलिरहेको छ । अहिलेको अवस्थामा रोग भनेको सबैको लागि हानीकारक त्यसैले यसलाई सबै मिलेर कसरी रोगलाग्नबाट बच्न र बँचाउन सकिन्छ भनेर सामाजिक सेवा र सद्भावलाई पनि चुस्त, दुरुस्त बनाउनुपर्छ । यसमा एउटा वर्ग र पक्ष मात्रै लागेर समस्याको समाधान हुँदैन ।



प्रतिक्रिया दिनुहोस्

Screenshot