Logo

अमेरिका बन्द गर्नका लागि होइन खुल्नको लागि बनेको हो-ट्रम्प



एजेन्सी, ११ चैत्र । अमेरिकामा कोरोना भाइरसको संक्रमण फैलिएपनि राष्ट्रपति डोनाल्ड ट्रम्पले लकडाउन नगर्ने घोषणा गरेका छन् । उनले अमेरिका बन्द नगरी समस्या समाधानका लागि अगाडि बढ्ने बताए ।

‘हाम्रो देश बन्द गर्नका लागि बनेको थिएन,’ सोमबार ट्रम्पले भने,’ हामी व्यवसायिक कामका लागि देश खुल्ला गरिरहन्छौं किनभने हाम्रो देश खुलिरहनुपर्छ ।’ कोरोना भाइरसबाट एकै दिन एक सय जनाको ज्यान गएको र संक्रमितको संख्या बढेर चार सय पुगेपछि ट्रम्पको भनाई आएको हो ।

व्यापारिक पृष्ठभूमिका ट्रम्पले अवस्था निकै नराम्रो भएको स्वीकार गरे । ट्रम्पमाथि कोरोना भाइरसको संक्रमणको खतराबारे खुफिया एजेन्सीले जनवरीको पहिलो हप्तानै रिपोर्ट बुझाएको विषय बाहिर आइसकेको छ । उनीमाथि गम्भीरता नदेखाएको आरोप लाग्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस्