Logo

कोरोना भाइरसविरुद्धको भ्याक्सिनको व्यवसायिक उत्पादनको तयारी



एजेन्सी, ११ चैत्र । गत हप्ता कोरोना भाइरसको संक्रमण (कोभिड १९) विरुद्धको भ्याक्सिनको पहिलो मानव परीक्षण भएको छ । भ्याक्सिन विकासमा लागेको कम्पनि हो मोडर्ना थेरापेटिक्स ।

भ्याक्सिनको पहिलो मानव परीक्षणपछि भ्याक्सिन विकास गरिरहेको कम्पनि अगाडि बढ्ने सोचमा पुगेको छ । यद्यपि, भ्याक्सिनको पूर्ण विकास गरी प्रयोगमा ल्याउन कम्तिमा एक वर्ष लाग्नेछ । पछिल्लो परीक्षणले रोग प्रतिरोधात्मक प्रणालीले कसरी कोरोना भाइरविरुद्ध काम गर्छ भनेर महत्वपूर्ण जानकारी दिनसक्छ । यसले वैज्ञानिकहरुलाई अझ अगाडि बढ्ने माहोल सृजना गर्छ ।

पहिलो परीक्षण सफल र सुरक्षित देखिएमा यसको पुनः परीक्षण ४५ जनामाथि हुनेछ । ती ४५ जना सार्स, कोभ- २ र कोभिड- १९ को भाइरसबाट संक्रमित नभएको हुनुपर्नेछ । उनीहरुले तीन किसिमका भ्याक्सिनको मात्रा प्रयोगमा ल्याउनेछन् । जसले रोगप्रतिरोधात्मक प्रणालीलाई कोरोना भाइरसविरुद्ध सक्रिय बनाउन भूमिका खेल्ने भनिएको छ । यसमध्ये कुन चाहिं सबैभन्दा सफल र प्रभावकारी हुन्छ भनी परीक्षणबाट पत्ता लाग्नेछ । साथै त्यसको साइड एफेक्टको समेत अध्ययन हुनेछ ।

अनुसन्धानकर्ताहरुले सयौं मानिसमा त्यसको परीक्षण गर्नेछन् । तबमात्र खोपको प्रभावकारिता र साइड एफेक्टबारे निक्र्यौल हुनेछ । भ्याक्सिन सुरक्षाका लागि मात्र नभई प्रभावकारी र सफल भएको प्रमाणित हुनुपर्छ । भ्याक्सिनको परीक्षण भइरहँदा यसको लाखौं मात्रा उत्पादनको पूर्व तयारी भइसकेको छ । व्यवसायिक उत्पादनको तयारीमा कम्पनि लागिसकेको छ ।

भ्याक्सिनको संक्रमितलाई लगाउन अझै केही महिना लाग्छ । नेष्नल इन्स्टिच्युट अफ एलर्जी एन्ड इन्फेक्टिअस डिजिजेसका निर्देशक डा. एन्थोनी फौसीले अर्को १२ देखि १८ महिना नलाग्ने आँकलन गरेका छन् । हप्ता, दिन र मिनेट गनेर काम गरिरहेको बताए । मोर्डना थेरापेटिक्सका अध्यक्ष हज भन्छन्, ‘यो एउटा दौड हो, भाइरसविरुद्धको दौड ।’ उनले हरेक समयलाई महत्वपूर्ण ठान्दै नतिजाका लागि काम गरिरहेको बताए ।-टाइम म्यागाजिनबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot