Logo

ट्रम्पले कोरोना भाइरसको औषधी दाबी गरेको रसायन सेवनबाट एक व्यक्तिको मृत्यु्



एजेन्सी, ११ चैत्र । अमेरिकामा एक व्यक्तिले कोरोना भाइरसविरुद्धको औषधी ठानेर मलेरियाविरुद्धको औषधीमा प्रयोग हुने रसायन सेवन गर्दा ज्यान गुमाएका छन् । फोनिक्स क्षेत्रमा बस्ने ती व्यक्ति र उनकी पत्नीले क्लोरोकिन फोस्फेट सेवन गरेका थिए । उक्त औषधी मलेरियाविरुद्धको औषधीमा पनि पाइने र माछा राख्ने टैंकी सफा गर्न पनि प्रयोगमा थियो ।

ब्यानर हेल्थलाई उदृत गर्दै टाइम डट कमले ६० वर्ष पार गरेका दम्पत्तिले क्लोरिकिन फोस्फेट सेवन गरेको उल्लेख गरेको छ । त्यसपछि उनीहरुलाई स्वास्थ्य समस्या भई अस्पताल लगिएको थियो । अस्पतालमा श्रीमानको मृत्यु भयो । श्रीमतीले रसायन मुखबाट निकाल्न सकेपछि ज्यान जोगियो ।

उनीहरुले कोरोना भाइरसको संक्रमण हुन नदिन उक्त रसायनको प्रयोग भए नभएको स्पष्ट नभएपनि ब्यानर हेल्थले जथाभावी रसायन सेवन नगर्न र सावधानी अपनाउन भनेको छ । मानिसहरुले आफै जान्ने भएर औषधी सेवन गरेको जानकारीमा आएको भन्दै त्यसो नगर्न भनेको छ ।
यसअघि गत हप्ता पत्रकार सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खाद्य तथा औषधी प्रशासनले मलेरियाविरुद्धको औषधीमा प्रयोग हुने क्लोरिकिनले कोरोना भाइरसका विरामीको उपचार हुने गलत टिप्पणी गरेका थिए । तर, त्यसको परीक्षण हुन बाँकी रहेको भनिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot