काठमाडौं, ११ चैत्र । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल भित्र र बाहिर रहेका नेपालीहरुलाई अहिले यात्रा सम्भव नभएकाले आफू बसेकै स्थानमा रहन आग्रह गरेका छन् । विश्वभर कोरोना भाइरसको संक्रमणको चुनौती रहेकाले आर्थिक संकट समेत आइरहेको भन्दै सरकारले विशेष राहत प्याकेज घोषणा गर्ने बताए । ज्ञवालीसँग ऋषि धमलाले एनआरएन रेडियोका लागि गरेको विशेष कुराकानीः
आज बिहान ६ बजेबाट मुलुक लकडाउनमा छ हो ?
हो, विश्वभरि फैलिएको कोरोना भाइरसका कारण आज बिहान ६ बजेदेखि अत्यावश्यक काम बाहेक सर्वसाधारण कसैलाई पनि घरबाट बाहिर ननिस्किन, अनुमतिप्राप्त गाडीबाहेक कुनै पनि गाडी सञ्चालन नगर्न, सुरक्षा र तोकिएकाबाहेक कुनै पनि हवाइ उडानहरु नगर्न त्यसैगरी अहिले कोरोना भाइरस रोकथाम र नियन्त्रणका जति पनि कदमहरु छन् । त्यसमा आमनागरिकको सहयोग लिनका निम्ति यो आदेश जारी गरिएको हो ।
लकडाउन कार्यान्वयनमा चुनौतिहरु छन् कि छैनन् ?
सबैभन्दा ठूलो कुरा यसमा आमनागरिकहरुको सहयोग चाहिन्छ । अहिलेसम्म प्राप्त सहयोगका लागि आमनागरिकलाई धन्यवाद पनि दिन चाहन्छु । घरमै बसिरहनुपर्दा, अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कनुपर्दा थोरै असर त गर्छ । यो कठिनाइ भोलि उत्पन्न हुने ठूलो कठिनाइलाई नियाल्दा केही पनि होइन । अहिले संसारभरको अनुभवले पनि हामी जति टाढाबाट आएका मान्छे अथवा नचिनेका मान्छेहरुबाट जति टाढा रहन्छौं त्यति नै सुरक्षित रहन्छौं । हामी आफै नियन्त्रित भएर बस्नु भनेको सरकारलाई सहयोग गर्नुका साथै आफै पनि सुरक्षित हुनु हो ।
मुलुक लकडाउन हुँदा के के गर्न पाइन्छ, के के पाइँदैन ?
सबैभन्दा पहिला त नेपाली रेडियो नेटवर्कमार्पmत सबै दाजुभाइ, दिदीबहिनीहरुलाई अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन आह्वान गर्न चाहन्छु । जति दैनिक उपभोग्य बस्तु, नुन, तेल, ग्याँस, खाद्य सामाग्री किन्न र औषधिजन्य वस्तु किन्न बाहेक घरबाहिर ननिस्किनु होला । जथाभावी सार्वजनिक गाडिमा हिड्ने, डुल्ने बानीले एकअर्कामा रोग सर्न सक्छ । यो रोगको लक्षण नदेखिइकन एकले अर्कालाई सार्ने खतराक रुप छ । सार्वजनिक गाडीहरुलाई रोक लगाएका छौं । सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र प्रमुख जिल्ला अधिकारको अनुमति बिना कुनै पनि गाडीहरु बाहिर ननिकालिदिनुहोस् । अर्को अफिसमा पनि अति आवश्यक बाहेक अरु कर्मचारीलाई बिदा दिनुहोस् र अनलाइन वा अरु कुनै माध्यमबाट अफिस सञ्चालन गर्नुहोला । तेस्रो निजी उद्योगहरुलाई पनि हाम्रो आग्रह छ, कर्मचारीहरुलाई एक हप्ताको लागि बिदा दिनुहोस् । औषधि उद्योग र खुद्रा, होलसेल बिक्रेता र उत्पादकहरुले आफूसँग भएको स्टक र भण्डारण सार्वजनि गर्नुहोस् । औषधि पसलहरु खुल्ला राख्नुहोस् । किन्न आउनेलाई उचित मूल्यमा दिनुहोस् । सरकारलाई चाहिएको बेला उसलाई पनि दिनुहोस् । औषधि बेचबिखन गर्दा बढी मूल्य लिने वा लुकाउने गरिएमा सरकारले कडा कानुनी व्यवस्था ल्याएको त्यसलाई पालना गरिदिनुहोस् । अर्को कतिपय विदेशका डाक्टरहरुले माक्स खोजेर झ्यालबाट भनिरहेका छन्, ‘हामीहरु घर जान पाउँदैनौं, तपार्इंहरुले हामीलाई सहयोग गर्ने भनेको तपाईंहरु घर बसिदिएर हो, तपाईंहरुका लागि हामीहरु छौं ।’
सरकारले लगाएको नियम उल्लंघन गर्नेलाई कडा कारबाही हुन्छ हो ?
त्यो जिल्ला अधिकारीलाई छ । त्यसमा सरकारले लगाएको नियम नमाने कडाकडा कारबाही हुन सक्छ भनिएको छ । मलाई जहाँसम्म विश्वास छ, हाम्रा नागरिकहरुले त्यो अवस्था आउन दिनुहुने छैन । जसको कारणबाट आफू पनि बाँच्नुहुने छ र अरुलाई पनि बचाउन सहयोग गर्नुहुने छ ।
प्रेसले चाहीं के के गर्न पाउँछ ?
यसमा म सबैभन्दा पहिला त यो रोगको प्रकोप बढेदेखि नै आफ्ना सञ्चार माध्यमबाट सुसूचित गरेर हामी र जनतालाई सहयोग गर्नुभएको छ, त्यसको लागि धन्यवाद दिन चाहन्छु । कतिपय युट्यूब र सामाजिक सञ्चारलहरुमा अतिरञ्जनात्मक हल्ला आएको भएपनि मूलधारका मिडियाहरुले अवस्थाको मूल्यांकन गरेर जिम्मेवारी बोध गर्नुभएको उहाँहरुलाई धन्यवाद दिन चाहन्छु । अहिलेको अवस्थामा प्रिन्ट मिडियालाई त गाह्रो हुन्छ । त्यसको लागि अनलाइनमा जानुपर्छ ।
आजबाट त धेरै पत्रपत्रिकाहरु बन्द भइसकेका छन् नि ?
मैंले पनि त्यो सूचना पाएको छु । यो अवस्थामा सञ्चालन गर्न सक्ने पनि कुरा भएन । त्यसको लागि अनलाइन सञ्चालन गर्ने । आफ्ना सञ्चारकर्मीलाई सञ्चार गृहहरुले आफ्नै घरबाट काम गर्न सक्ने वावरण मिलाइदिनुपर्छ । पछिल्लो समय केही मिडियाबाट व्यक्तिको सम्वेदनशीलतालाई ध्यानै नदिईं आफ्नो मिडियालाई चर्चामा ल्याउने नाममा पुष्टिनै नभएको समाचार ल्याएर समाजलाई भड्काउने कामहरु भएका छन् । अलिकति ढिला भएर केही हुँदैन । तर, समाचार सही आउनुपर्छ । छिटो गर्ने नाममा गलत कुरा समाजमा जाँदा त्यसले नराम्रो असर पु¥याउँछ । अहिलेको यो सम्वेदनशील घडीमा कुनै पनि समाचार लेख्दा आधिकारिक संस्थाबाट प्रमाणित भएको समाचारलाई मात्रै सम्प्रेषण गर्नुहोला । फलानालाई यस्तो संक्रमण भयो, यस्तो, उस्तो भनेर नामै लिएर हल्ला नगरिदिनुहोला । यो एउटा नयाँ रोग हो । अहिलेसम्म यसको कुनै औषधि उपचारहरु निस्किएको छैन । यसमा सबै डाक्टरहरु पनि जानकार हुनुहुन्न । सल्लाह, सुझाव दिने नाममा त्यस्ता खालका सामाग्रीहरु सम्प्रेषण गर्ने काम नगरौं । पत्रकार साथीहरुले पनि कार्य क्षेत्रमा जाँदा आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला । तपाईंहरु स्वस्थ रहनुभयो भने मात्रै हामीहरुले पनि समाचार पाउँछौं । समाचार खोज्ने नाममा आफ्नो ज्यान जोखिममा नपार्नुहोला भन्न चाहन्छु ।
समाचारको लागि पत्रकारले सडकमै आउनुपर्छ, त्यसको लागि सूचना विभागले दिएको प्रेस पासले पुग्छ कि अर्को पास चाहिन्छ ?
सवारी साधनको लागि सिडियो कार्यालयबाट अनुमति लिनुपर्छ । चाहेको खण्डमा सरकारले त्यसको व्यवस्था गरेको छ । धेरैजसो अहिले पत्रकार सम्मेलन गर्ने कुरा संभव छैन । कतिपय एक÷अर्का अनलाइन वा अन्य पेजहरु प्रयोग गरेर समाचार बनाउने गर्नुपर्छ ।
अबदेखि स्वास्थ्य मन्त्रालयले पनि पत्रकार सम्मेलन गरेर भीडभाड गर्ने छैन हो ?
हिजो स्वास्थ्य मन्त्रालयको विषयलाई लिएर धेरै पक्षबाट सुझावहरु प्राप्त भएका छन् । त्यसलाई हामीले सकारात्मक रुपमा लिएका छौं ।
अहिले मुलुक लकडाउन भइरहँदा नेपालमा पर्ने आर्थिक, सामाजिक राजनीतिक रुपमा पर्ने असरको बारेमा तपाईंले समीक्षा गर्नुभएको छ ?
यसले विश्व अर्थतन्त्रमा कस्तो किसिमको असर पार्न सक्छ भनेर विश्व बैंकलगायतका वित्तिय संस्थाहरुबाट विशेष रुपमा विश्लेषण भइरहेको छ । अहिले रहेको तीन प्रतिशतको डीएबी आधा घट्न सक्छ । अहिले विश्वव्यापी आर्थिक मन्दीको मुखमा पुग्ने चरणमा हामी पनि छौं । यसरी विश्वव्यापी रुपमा पर्न लागेको आर्थिक मन्दीले नेपाल जस्तो मुलुकलाई झन् बढी प्रभाव पर्ने कुरा निश्चित नै भयो । फेरि हामी अहिले नेपाल भ्रमण वर्ष २०२० मनाउँदै थियौं । त्यो कार्यक्रम पूर्ण रुपमा स्थगित भएको छ । दोस्रो हामीलाई पर्ने ठूलो धक्का भनेको रिमिट्यान्स हो । हिजो मात्रै हामीले विभिन्न देशमा भएका हाम्रा राजदूतावासमा भिडियो कन्फरेन्स ग¥यौं । त्यसमा अहिलेसम्म त त्यस्तो ठूलो मूल्य चुकाउनुपर्ने अवस्था छैन । कामै नपाउने अवस्था पनि छैन । त्यहाँ सरकारले कम्पनीहरुलाई विभिन्न राहत प्याकेजहरु दिएका छन् । त्यसले पनि सहयोग पुगेको हुनुपर्छ । यो महामारी यसैगरी ६ महिनासम्म चल्दै गयो भने त्यो पनि भन्न सकिँदैन । अहिले खासगरी रेमिट्यान्स र पर्यटन उद्योगमा ठूलो असर पर्ने देखिन्छ । अर्थमन्त्रालय त्यसबाट हुने जोखिमहरुको आवश्यक मूल्यांकनहरु गरिरहेको छ । त्यसमा उद्योग, धन्दालाई कसरी सुचारु गर्न सकिन्छ र कामदारको रोजगारीको ग्यारेन्टी पनि कसरी गर्न सकिन्छ भनेर राहत प्याकेजको पनि व्यवस्था गरिने गरी अध्ययन भइरहेको छ ।
उद्योग–धन्दा र घरबहालमा बस्नेहरुले भनेका छन् हाम्रो आम्दानी छैन त्यसैले घरबहालमा केही महिनाको मिनाहा गर्नुपर्छ भनेर, सरकार तयार छ ?
अहिले हामीले यी सबै पक्षमा गहन अध्ययन गरिरहेका छौं । पहिलो सातासम्म हामी अर्कै सोचाइमा थियौं । ५ गतेसम्म त स्कुलका परीक्षाहरु नै लिइरहेका थियौं । तर, ६ गतेबाट हुने एसईईलाई भने हामीले अचानक रोक्नुपर्ने अवस्था आयो । त्यसपछि अन्तर्राष्ट्रिय हवाइ उडानहरु, लामा दूरीका गाडीहरु रोक्यौं त्यतिले पनि पुगेन आजदेखि हामी लकडाउनको अवस्थामा जानुपर्ने भयो । भर्खरै मैले विश्व स्वास्थ्य संगठनको रिपोर्ट अनुसार डिसेम्बर ३१ बाट यो रोग पैmलिन थालेकोमा गएको १ महिनासम्ममा संक्रमितको संख्या एक लाख हाराहारी पुगेको थियो । तर, पछिल्लो एघार दिनमा त्यो संख्या ह्वात्तै बढेर २ लाख पुग्यो । पछिल्लो चार दिनमा यो संख्या ३ लाख नाघ्यो ।
अहिले त ३ लाख ५९ हजार ८ सय ५२ पुगिसकेको छ नि ?
त्यो ठीक हो, पछिल्लो समय संक्रमितको संख्या ह्वात्तै बढेको छ । अहिले युरोपका सबै मुलुक लकडाउनको अवस्थामा पुगेका छन् । त्यसकारण यसले विश्वको आर्थिक अवस्था यही ढंगले जान्छ भन्न सक्ने अवस्था छैन । यति हुँदाहुँदै पनि म यो भन्न चाहन्छु, ‘सरकार उद्योगी व्यवसायी, वैदेशिक रोजगारी र हरेक नागरिकको साथमा छ ।’ अहिले सरकारले राहत के दिन्छ भन्ने भन्दा पनि आफू र आफ्ना श्रमिकहरुलाई सुरक्षित राख्नुप¥यो । आफू पनि बच्ने, अरुलाई पनि बँचाउने काम गर्नुपर्छ । जब विश्वबाट यो रोग निर्मुल हुन्छ त्यसपछि हामी सबै बसेर के के गर्न सकिन्छ भनेर सोच्ने कुरा हुन्छ । यो संकटको घडीमा कसैलाई पनि रोजगारीबाट ननिकाल्नको लागि आग्रह गर्दछु । त्यसमा डेरावालाहरुको लागि के गर्न सकिन्छ त्यसको लागि सरकारको ठाउँबाट निश्कर्ष निकाल्ने छौं ।
अहिले कोरोना भाइरस विश्वको १९० हाराहारी देशमा पैmलिसकेको छ, विदेशमा बस्ने नेपालीहरुलाई कसरी नेपाल फर्काउने ?
अहिले उनीहरुलाई नेपाल फर्काउनु समस्याको समाधान भएन । यसमा सुरक्षित ठाउँबाट स्वदेश फर्किएका नेपालहरु पनि कतै ट्रान्जिटमा, कहीं यात्राको क्रममा जोखिममा परेको अवस्था छ । हिजो एक विद्यार्थी जो फ्रान्समा हुनुहुन्थ्यो उहाँ संक्रमित भएर फर्किनुभयो । अस्ति एक जना विद्यार्थी अष्ट्रेलिया जाने विद्यार्थी ट्रान्जिट अथवा यात्राको क्रममा जोखिममा पर्नुभयो । त्यसैले अहिले यात्रा गर्ने भन्ने कुरा सुरक्षित पनि छैन र सम्भव पनि छैन । विश्वभर छरिएर रहनुभएका नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई म आग्रह गर्दर्छु । सबैमा हाम्रा दूतावास छैनन्, त्यस्ता ठाउँमा पनि नियोगहरु तोकेका छौं । त्यसमार्पmत सम्पर्क गरेर आपूm जुन ठाउँमा हुनुहुन्छ । त्यहाँको दूतावासको सल्लाह अनुसार सुरक्षित ढंगले रहनु होला । दूतावासहरुसँग आफनो स्थितिको बारेमा जानकारी गराइरहनुहोस् दूतावासहरु तपार्इंहरुको सयोगका निम्ति तयार हुनुहुन्छ । हिजो मात्रै हामीले खाडी मुलुकको बारेमा बुझेका थियौं । त्यहाँको सरकारले आफ्ना र अन्यत्र मुलुकबाट आएका नागरिकहरुलाई एउटै किसिमको व्यवस्था गरेको पाइयो । अहिलेको अवस्थामा नेपाल फर्कने भन्दा आपूm जहाँ हुनुहुन्छ आपूm पनि सुरक्षित रहने र घरपरिवारलाई पनि जानकारी दिनुहोला । भारतबाट फर्किएका नागरिकहरुलाई आफ्नै घरमा बसेपनि १४ दिनसम्म आफ्ना परिवारसँग घुलमिल नगरी बस्न आग्रह गर्दछु ।
भारतबाट आएका नागरिकहरु क्वारेन्टाइन छोडेर किन भागे त्यसलाई सरकारले किन ध्यान दिएन ?
यस्तै कुरामा हामीले नागरिकहरुसँग सहयोग मागेका हौं । यस्तो गरिदिएपछि उहाँहरु जोखिममा हुनुभयो–भयो । उहाँका घर, परिवार छरछिमेकमा समेत जोखिम पुर्याउने सम्भावना छ । सरकारले उहाँहरुलाई क्यारेन्टाइनमा राखेको के उहाँहरुलाई दुःख दिन होर । घरले सबै व्यवस्था गर्ने गरी १४ दिनको लागि क्वारेन्टाइनमा राखेको थियो । यसले सरकारलाई के कति घाटा पुग्छ त्यो आफ्नो ठाउँमा होला तर जोखिम त उहाँ स्वयँमलाई हुने हो । किन अहिले प्रत्येकमा संक्रमण छ भनेर संका गर्नुपर्ने अवस्था सिर्जना भएको छ । भारमै पनि ४ सयभन्दा बढी संक्रमित हुनुहुन्छ १० जनाको ज्यान गइसकेको छ । त्यसको प्रभाव महाराष्ट्र, केरला, दिल्ली, विहारमा परेको छ । त्यसको लागि आफ्नो घरमा सरकारले लगाएको नियमअनुसार बस्ने बाहेक अर्को विकल्प छैन ।
सीमानामा कडार्इँ भइराखेको छ ?
एकमदै कडाईं गरिएको छ । अस्ति भारतमा नागरिक कफ्र्यू हुँदा पनि केही साथीहरु थाहा पाएर अथवा नपाएर नाकामा आउनुभयो । आफ्ना नागरिकहरुलाई देशभित्र आउन नदिने भन्ने हुँदैन । अब उहाँहरुलाई नेपाली नागरिक भएको प्रमाणित गरेर स्वास्थ्य परीक्षणसहित नेपाल भित्रिन दिने र उनीहरुले सरकारको नियम अनुसार १४ दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्छ । उहाँहरु नेपाल छिरेपछि क्वारेन्टाइनमा बस्नैपर्छ । त्यो मान्नुभएन भने उहाँहरुलाई पनि जोखिम छ, उहाँका परिवार, छरछिमेकलाई पनि जोखिम छ । कतिपय सुदूरपश्चिमा ग्रामीण भेगमा हामीले स्वास्थ्य संस्थाहरु पु¥याउन सकेका छैनौं । त्यहाँ संक्रमण पैmलियो भने झन् संकटपूर्ण हुन्छ, त्यसलाई उहाँहरुले बुझिदिनुस् भन्ने हाम्रो आग्रह हो ।
मुलुक अहिले संकटपूर्ण अवस्थामा छ, यो संकटमा उबै एकजुट भएर सामना गर्न लागेका छन् ?
यो स्थितिलाई धमिल्याउन कतिपय खराब तत्व पनि लागेका होलान् । तर नेपाली समाजको आमचरित्र दुःखको बेलामा सहयोगी हुन्छ । अहिले आम राजनीति पार्टीहरु एक ठाउँमा हुनुहुन्छ । अस्ति प्रतिनिधिसभाले प्रतिपक्षी दलका सांसद् गगन थापाले ल्याएको सार्वजनिक महत्वको प्रस्तावलाई सर्वसम्मत ढंगले पारित पनि गरेको छ । सबै विपक्षी दलहरुले पनि हामी सरकारको साथमा छौं भनेर सहयोग गरिरहनुभएको छ । सकेसम्म सबैले आफ्नै घरमा बसेर सहयोग गरिदिनुहोला । अरु रोगको तुलनामा मृत्युदर ३ प्रतिशत मात्रै हो । धेरै अरु रोगबाट संक्रमितलाई बढी प्रभाव पारेको छ । एक लाखभन्दा बढी त निको भएर फर्किसक्नुभएको छ । नेपालीकै कुरा गर्दा संक्रमित १ जना हुनुहुन्थ्यो उहाँ निको भएर फर्किनुभयो । साउदीमा संक्रमित हुनुभएको २ जना पनि निको हुनुभएको छ । त्यसैले यो रोग पैmलिनबाट जोगिन नागरिकहरुको सहयोग महत्वपूर्ण कुरा हो । मुख्य रुपमा डाक्टरहरुले दिएको सल्लाह अनुसार नियमित साबन पानीले हात धुने, भीडमा नजाने, सेनिटाइजर प्रयोग गर्ने, पोषिलो, झोलिलो वस्तुहरु खाने, बृद्धवृद्धा र बालबालिकाको विशेष ख्याल गर्ने गर्नुपर्छ ।
नेपालमा जचाउने किट्स छैन भनिन्छ नि ?
हामीसँग किट्सहरु छन् । एकदमै लाखौको संख्यामा जचाउँने गरी होइन । अहिलेसम्म हामीले जुन लक्षणका आधारमा सबैलाई परीक्षण गरेका छौं । अहिलेसम्म पुगिरहेको छ । अन्य आवश्यकताको लागि मगाएका छौं । त्यसकारण किट्स नै छैन, परीक्षण नै हुँदैन भन्ने हल्लातिर नलागौं । नेपालमा जचाउँने किट्स पनि छैन उपकरण पनि छैन भनेर कतिपय डाक्टरहरुले पनि भनिदिनुभयो । त्यस्तो खालको अभिव्यक्तिले नराम्रो पार्छ । बाहिर त्यत्ति परीक्षण नै भएको छैन भन्ने यसमा परीक्षण गर्ने उपचार गर्नेलाई पनि असाध्यै ठूलो जोखिम छ । त्यसैले अत्याधुनिक ल्याब पनि आवश्यक किट्स पनि छ । योग्य डाक्टरहरु पनि हुनुहुन्छ । रोग बढ्दै जाँदा सबैको क्षमता बढाउनुपर्ने जरुरी छ । सकेसम्म सातै प्रदेशमा ल्याबहरुको व्यवस्था गर्न लागिरहेका छौं ।
अब आपूर्ति व्यवस्था सहज हुन्छ ?
आपूर्ति व्यवस्थामा जनतालाई ढुक्क हुन आग्रह गर्दछु । हामीसँग ६ महिनालाई पुग्ने खाद्यान्नहरु छन् । तेल, ग्याँसको व्यवस्था सहज रुपमा भइरहेको छ ।
धेरैले राहत कोषमा सहयोग गर्ने भन्नुभएको प्रधानमन्त्री, मन्त्रीहरु कति दिनुहुन्छ ?
जुन दिन सरकारले ५० करोडको राहत कोषको घोषणा गरेको त्यस दिनै प्रधानमन्त्रीसहित मन्त्रीहरुले एक महिनाको तलब बराबरको रकम दिने घोषणा गरेका छौं ।-File Photo