Logo

२१ दिनसम्म भारत लकडाउनको घोषणा, मोदीले गरे जनतासामू यस्तो अपिल



काठमाडौं, ११ चैत्र । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पूरै भारतभरि २१ दिनको लकडाउनको घोषणा गरेका छन् । देशवासीको नाममा सम्बोधन गर्दै उनले आज यस्तो अपिल गरेका हुन् । उक्त लकडाउन आज राति १२ बजेबाट सुरु हुने पनि मोदीले सम्बोधनको क्रममा घोषणा गरेका हुन् ।

उनले भनेका छन्,”भारतमा लकडाउन तीन हप्तासम्म रहनेछ । हात जोडेर म प्रार्थना गर्दछु कि यस समयमा तपाईं जहाँ भए पनि त्यहाँ बस्नुहोस्। वर्तमान अवस्थालाई ध्यानमा राख्दै यो लकडाउन देशमै २१ दिन लाग्नेछ। लकडाउन तीन हप्तासम्म रहनेछ। म प्रधानमन्त्रीको रूपमा होइन, तपाईको परिवारको सदस्यको रूपमा बोल्दै छु। २१ दिनको लागि बिर्सनु कस्तो हुन्छ बाहिर जानु। घरमा बस्नुहोस् र यही कुरा गर्नुहोस् – तपाईंको घरमा बस्नुहोस्।”

मोदीले सम्बोधनको क्रममा भावुक हुँदै भने, “मलाई विश्वास छ, प्रत्येक भारतीयले संकटको यस घडमीमा सरकार र स्थानीय प्रशासनको निर्देशनका पालना गर्नेछन् । २१ दिनको लकडाउन धेरै लामो समय हो । तर, तपाईको जीवनको रक्षाको लागि, तपाईको परिवारको रक्षाका लागि यस्तो गर्नु उत्तिकै महत्वपूर्ण छ ।”

हालसम्म भारतमा कोरोना भाइरसको संक्रमणबाट दश जनाको निधन भैसकेको छ भने पाँच सयभन्दा बढि संक्रमित रहेको विभिन्न मिडियाले रिपोर्ट गर्दै आएका छन् । यसअघि मोदीले यही आइतबार जनता कर्फयु लगाएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot