Logo

राजकिशोर यादवद्धारा एक महिनाको तलब भक्ता राहत कोषमा दिने घोषणा



काठमाडौं, ११ चैत्र । राजपा नेपालका अध्यक्ष मण्डलका सदस्इ तथा पूर्वमन्त्री राजकिशोर यादवले आफ्नो एक महिनाको तलब भत्ता सरकारद्धारा गठित कोरोना कोषमा प्रदान गर्ने घोषणा गरेका छन् । सिरहाबाट निर्वाचित सांसद यादवले एक महिनाको तलबभत्ता राहत कोषमा जम्मा गर्ने कुरा आफ्नो सामाजिक सञ्जाल फेशबुकमार्फत जानकारी गराएका हुन् ।

उनले फेशबुकमा लेखेका छन्,”विश्वभरि महामारीको रूपमा फैलिएको कोरोना भाइरस संक्रमण रोक्न र नियन्त्रण गर्न को लागी मेरो व्यक्तिगत तर्फबाट मेरो एक महिनाको तलब प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने घोषणा गर्दछु र साथै सरकार लाई साथ सहयोग गर्न सबै जनाले आ आफ्नो तहबाट एकजुट भइ साथ दिन हुन हार्दिक अपिल गर्दछु।” सरकारले विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भारस (कोभिड-१९) को सामना गर्न राहत कोष खडा गरेको छ । सो कोषमा सहयोग जम्मा हुने क्रम जारी छ । file photo



प्रतिक्रिया दिनुहोस्