Logo

कोरोना कोषमा एनसेलको १० करोड



काठमाडौ, १२ चैत्र । नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा एनसेलले १० करोड सहयोग गरेको छ ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत चोङले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयका सचिव नारायण प्रसाद बिडारीलाई आज चेक हस्तान्तरण गरेका हुन् । एनसेलले प्रदान गरेको सहयोग अत्यावश्यक व्यक्तिगत सुरक्षा उपकरण, स्वास्थ्य सामाग्री तथा कोरोना परिक्षण किट किन्न तथा क्वारेन्टाइनका साथै बिरामीको उपचारमा प्रयोग हुनेछ ।



प्रतिक्रिया दिनुहोस्