Logo

मोदीले डाकेको क्याबिनेट बैठकमा मन्त्रीहरु एक-अर्काबाट टाढा



एजेन्सी, १२ चैत्र । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार क्याबिनेट बैठक डाके । उनले वरिष्ठ मन्त्रीहरुलाई मात्र क्याबिनेटमा बोलाएर २१ दिनको लकडाउनबारे छलफल गरे ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार क्याबिनेटमा मन्त्रीहरुको सिट व्यवस्थापन फरक तरिकाले गरिएको थियो । मन्त्रीहरुको सिट एक अर्काबाट कम्तिमा एक मिटर टाढा राखिएको थियो । कतिपय मेच अगाडि र पछाडि गरिएको थियो ।

क्याबिनेटमा भारतीय प्रधानमन्त्री मोदी वरिष्ठ मन्त्री राजनाथ सिंह र अमित शाहबाट कम्तिमा दुई मिटर टाढा देखिएका थिए । मोदीले हिजो सामाजिक दूरी राख्न भनेका थिए । उनले आफू पनि त्यस्तै दूरी कायम गर्न थालेको समेत बताएका थिए ।

मोदीले लकडाउन शुरु भएको पहिलो दिनमै क्याबिनेट बैठक डाकेका हुन् । उनले हिजो कोरोना भाइरसको रोकथामका लागि भन्दै कडा निर्णय लिएका थिए । देशवासीलाई लकडाउनको पालना गर्न आग्रह गरे ।- Photo Source: Indian Express



प्रतिक्रिया दिनुहोस्