काठमाडौं , १२ चैत्र । लकडाउनको समय अझै लम्बिने संकेतका कारण उपभोक्ताले खाद्यान्न जोहो गर्न थालेका छन् । विशेषगरी शहरी भागमा मानिसहरु खाद्यान्न जोहोमा लागेका छन् ।
कम्तिमा केही महिनालाई पुग्ने दाल, चामल, आलु, प्याज, गेडागुडी, चिनी, ग्याँसलगायतका दैनिक उपभोग्य सामाग्री संकलनमा उपभोक्ता लागिसकेका छन् । यसले पसलहरुमा भीड देखिएको छ ।
सरकारले ११ चैत्रबाट १८ चैत्रसम्म कोरोना भाइरसका कारण लकडाउन गर्ने घोषणा गरेपनि यसलाई लम्ब्याउने संकेत गरेको छ । यसले दैनिक उपभोग्य सामाग्रीको आपूर्तिमा समस्या हुने चिन्ता उपभोक्तामा परिरहेको छ ।