एक वृद्ध किसान आफ्नो नातिको साथमा पहाडको एउटा खेतमा बसिरहेका थिए । सधै बिहान हजुरबुबा छिटो उठेर भान्छा कोठामा मेचमा बसेर भागवत गीता पढ्थे । उनको नाती पनि बिलकुलै उनी जस्तै बन्न चाहान्थे र सबै प्रकारका हजुरबुवाको नक्कल गर्थे । एक दिन नातिले सोधे, “हजुरबुवा म तपाइँ जस्तै भागवत गीता पढ्ने कोशिश गर्छु यसलाई सम्झन भने सक्दिन, र किताब बन्द गर्दा भुल्छु, भागवत गीताको अध्ययन गर्न के गर्दा राम्रो हुन्छ ?”
हजुरबुवाले हातमा टोकरी लिएर बसेका थिए त्यहि टोकरी दिदैँ भने, “यो टोकरी लगरे नदीमा जाऊ र एक टोकरीमा पानी ल्याएर मलाई देऊ ।” नाती हजुरबुवाले दिएको आज्ञा पालन गर्दै नदिमा गयो र तर घर आउनु भन्दा पहिला नै टोकरीबाट पानी चुह्यो । त्यो देखेर हजुरबुवा हाँसे र भने, “अर्को पटक तिमी अलि धरैे छिटो हिड्नु पर्छ ”। हजुरबुवाले भने जस्तै गरी नाती फेरी छिटो छिटो नदीमा गयो र पुनः कोशिश ग¥यो उसले टोकरीमा पानी ल्याउन प्रयास गरेपनि टोकरी खाली नै भयो ।
दिक्क भएर नातिले टोकरीमा असंम्भव देखेर बाल्टीमा पानी ल्याउने भनेपछि बृद्धले भने,“मलाई पानीको बाल्टी चाहिदैन, मलाई पानीको टोकरी नै चाहिन्छ । तिमिले पुरै कोशिश गरिरहेका छैनौ । ” केटोले फेरि कोशिश ग¥यो ।
बच्चालाई थाहा भइसकेको थियो जति छिटो भागेपनि टोकरीमा पानी ल्याउन सकिन्न । उनी छिटो छिटो गर्दै गए पनि फेरी हजुरबुवाको नजिक जाँदा टोकरी भने खाली नै भयो । हास्दै बाजेलाई भने, “हेर्नुहोस् हजुरबुवा, यो व्यर्थ हो । ” तब ती बृद्धले भने, “टोकरीलाई हेर” बच्चाले टोकरीमा हे¥यो उसले पहिलाको टोकरी भन्दा फरक थियो । पुरानो र फोहोर टोकरीबाट पुरै परिर्वतन गरेर भित्र बाहिर दुवै तिर सफा गरिएको थियो । वृृद्धले भने, “बाबु भागवत गीता यस्तै हुन्छ, तिमीले पढेका सबै बुझ्दैनौ र याद गर्न पनि सक्दैनौ तर परिर्वतन भने भित्र र बाहिर दुवैमा अवश्य आउँछ । हाम्रो जीवनमा कृष्णको काम यहि हो । ”