एजेन्सी, १३ चैत्र । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ५ लाख नजिक पुगेको छ । मृतकको संख्या २१ हजार कटेको छ ।
पछिल्लो तथ्यांक अनुसार कुल ४ लाख ७१ हजार ४ सय ७१ जनामा कोरोना भाइरसको संक्रमण भइसकेको छ । मृतकको संख्या २१ हजार २ सय ९५ पुगेको छ । संक्रमितमध्ये १ लाख १४ हजार ६ सय ४२ जना उपचारपछि स्वस्थ भएका छन् ।
मृतकको संख्यामा इटाली र स्पेनले चीनलाई उछिनेका छन् । इटालीमा ७४०३, स्पेनमा ३६४७, इरानमा २०७७, फ्रान्समा १३३१, अमेरिकामा १०३२ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।
कोरोना संक्रमित संख्यामा सबैभन्दा अगाडि चीन नै छ । चीनमा ८१२८५ संक्रमित भेटिइसकेका छन् । चीनलाई इटाली र अमेरिकाले उछिन्ने अवस्था बनिरहेको छ । इटालीमा ७४३८६, अमेरिकामा ६८४२१, स्पेनमा ४९५१५, जर्मनीमा ३७३२३, इरानमा २७०१७, फ्रान्समा २५२३३, स्वीटजरल्यान्डमा १०८९७, बेलायतमा ९५२९, दक्षिण कोरियामा ९२५१, नेदरल्यान्डमा ६४१२ जना संक्रमित भइसकेको तथ्यांक छ ।