काठमाडौं, १३ चैत्र । आज श्री शाके १९४१ बि।स।२०७६ साल चैत्र १३ गते बिहीबार इश्वी सन २०२० मार्च २६ तारीख चैत्र शुक्लपक्ष द्वितीया तिथी रेवती नक्षत्र पश्चात अश्विनी नक्षत्र इन्द्र योग कौलव करण चन्द्रमा मिन राशिमा प्रातः ६ः१७ बजे सम्म पश्चात मेष राशिमा आनन्दादि योगमा मित्र योग प्रमादीनाम संवत्सर सुर्य उत्तरायण वसन्त ऋतु (ज्यो.प. सरोज घिमिरे)
मेष राशि ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सामान्य कार्यमा अधिक श्रम खर्चनुपर्ने समय रहेकोछ । नयाँ मित्रहरुको प्राप्तिले तथा साथ र सहयोगमा जटिल कार्यहरु सम्पादित रहनेछन । अधुरा कार्यहरु सम्पादन गर्न मातृपक्षको साथ सहयोग आवश्यक रहनेछ । नयाँ लगानीमा भने विशेष साबधानी अपानाउनु उत्तम रहनेछ । प्रेम सम्बन्धमा सुधारको योग रहेकोछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) नजिकका मित्र तथा दाजुभाईहरु संगको सम्बन्धमा बैमनश्यता उत्पन्न हुन सक्नेछ । जीवनसाथीको अग्रसरतामा कार्य सम्पादन मध्यम रहनेछ । अनावश्यक खर्च तथा लगानीका क्षेत्रमा सजग रहनुपर्ने योग रहेकोछ । स्वास्थ्यमा भने सामान्य समस्या देखा पर्नेछ । गैरब्यक्तीको पूर्ण विश्वास नगर्नुनै राम्रो रहनेछ ।
मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) नयाँ कार्यको प्रारम्भले मन प्रशन्न सहनेछ । भोज भतेरजन्य कार्यमा सरिक हुने अवसर प्राप्त हुनेछ । शारीरिक आलस्यताले अध्यन अध्यापनको क्षेत्रमा प्रभाब पार्ने समय रहेकोछ । शत्रु परास्त्र हुनेछन तथा शुभचिन्तकको वृद्धि हुनेछ । प्रतिष्पर्धीहश्र कमजोर हुनाले आर्यआर्जनमा विशेष फाईदा रहला ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) शारीरिक अस्वस्थता तथा आलस्यताको चपेटामा फसिनेछ । पारिवारिक साथ तथा सहयोगबाट भने अधुराकार्य सम्पादनमा सहयोग मिल्नेछ । सभा तथा सम्मेलनजन्य कार्यमा सरीक हुने अवसर प्राप्त हुनेछ । सामाजिक कार्यमा सहभागिता जनाउने समय रहेकोछ । मित्रजनको साथ तथा सहयोगबाट कार्य सम्पादनमा मद्दत पुग्नेछ ।
सिंह राशि ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ( मनोरञ्जनात्मक कार्यमा सामान्य खर्चको सम्भाबना रहेको छ । प्रत्येक कार्यमा तपाईको अग्रसरताको आवश्यक रहने समय रहेको छ । पारिवारीक झोर झमेलाको सम्भाबना रहेको छ । स्मरणीय यात्राको सम्भाबना रहेको छ । यात्राका निम्ती सामान्य खर्च गर्नु पर्नेछ । प्रतिस्पर्धीहरु कमजोर हुनाले आर्यआर्जनमा विशेष फाईदा रहला ।
कन्या राशि ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो) सामान्य चोट पटकको सम्भाबना रहेतापनि मित्रजनहरुको साथ सहयोगद्वारा ब्यत्तित्व विकासमा सहयोग मिल्नेछ । कुल कुटुम्बहरुको साथ सहयोगमा आम्दानीको क्षेत्रमा वृद्धि हुनेछ । सामान्य कार्यमा धेरै समय र श्रम खर्चनु पर्ला । सामान्य चोटपटकको सामना गर्नुपर्न सक्छ सजग रहनु होला ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) भौतिक स्रोत तथा साधनको प्रयोगका निम्ति सामान्य खर्च गर्नु पर्नेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ साथै जीवनसाथीको सहयोगमा कार्य सम्पादनमा मद्दत मिल्नेछ । मान्यजनको साथसहयोगको कमी महसुस गरिनेछ । नयाँ कार्यको थालनीले मनमा हर्ष पैदा गर्नेछ । पुरानो लगानि उठाउने राम्रो समय रहेको छ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) स्वास्थ्यमा भने सामान्य समस्या देखापर्नेछ । मनमा उत्पन्न कार्य क्षेत्रको डरले कार्य सम्पादनमा ढिलाईको सामना गनुपर्नेछ । यात्राका निम्ती सामान्य खर्च गर्नु पर्नेछ । गैर ब्यक्तीको पूर्ण विश्वास नगर्नुनै राम्रो रहनेछ । खराब संगतका कारण सामान्य अप्जस सहनु पर्ला । मनोरञ्जनमुलक सरसामानको क्षेत्रमा सामान्य खर्च हुन सक्नेछ ।
धनु राशि ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे ( प्रिय ब्यक्तिको भेटघाटमा मन प्रशन्न रहनेछ तथा पारिवारीक मनोरञ्जका निम्ती सामान्य खर्च हुनेछ । वौद्धिक ब्यक्तित्व सगँको भेटघाटको अवशर जुट्नेछ । सामान्य संघर्षपश्चात मनग्य आम्दानीका श्रोतहरु फेला पर्नेछ । ब्यापार ब्यबसायको क्षेत्रमा राम्रो समय रहेको छ । कार्य क्षेत्रमा सामान्य ढिलाईको सामना हुन सक्छ ।
मकर राशि ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि) नयाँ कार्यको थालनीले मनमा हर्ष पैदा गर्नेछ । भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ । पारिवारिक मेल मिलाप बढेता पनि दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । व्यापार तथा व्यवसायको क्षेत्रमा राम्रो समय रहेको छ । सामाजिक कार्यमा सहभागीता जनाउने समय रहेकोछ ।
कुम्भ राशि ( गु, गे, गो, सा, सि, सु, से, सो, द) निर्णय गर्ने क्षमता मा कमि आउनेछ । नयाँ कार्य थालनीका निम्ति आँट र साहसको कमि आउनेछ । शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । सामान्य खर्च भएता पनि मनमा चिन्ता भने रहने छैन । आफन्तजनबीच भेटघाट हुन सक्ने सम्भाबना रहेकोछ । नजिकका ब्यक्तिबाट बिश्वासघात हुन सक्छ ।
मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) नयाँ लगानीको क्षेत्रमा समय राम्रो छैन सजग रहनुहोला । सामान्य चोटपटकको शिकार भईन सक्छ सजग रहनु होला । मान्यजन संगको सम्बन्ध खराब रहन सक्छ । बिद्या प्राप्ति योग रहेको छ । गैर ब्यक्तीको पूर्ण विस्वास नगर्नुनै राम्रो रहनेछ । मनोरञ्जनमुलक सरसामानको क्षेत्रमा सामान्य खर्च हुन सक्नेछ ।