ललितपुर, १३ चैत्र । जबरजस्ती करणी गरेको अभियोगमा दुई युवालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
१८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दाङ दङगिशरणका ललितपुर महालक्ष्मी नगरपालिका लुभु बस्ने २८ वर्षीय प्रकाश चौधरी र सोही ठाउँ बस्ने निरज चौधरीलाई पक्राउ गरेको हो ।
ती किशोरीलाई शनिबार साँझ महालक्ष्मी नगरपालिका लामाटार चोकस्थित खाली जग्गामा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग लुभुबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।