Logo

संक्रमित युवकसँग सम्पर्कमा आएका सबैको वृस्तृत विवरण आइसकेको छ- डा. वासुदेव पाण्डे



काठमाडौं, १३ चैत्र । वरिष्ठ चिकित्सक डा. वासुदेव पाण्डे इमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक हुन् । उनीमाथि कोरोना भाइरसको संक्रमण हुन नदिन विशेष जिम्मेवारी आएको छ । सरुवा रोग विशेषज्ञ समेत रहेका डा। पाण्डेसँग ऋषि धमलाले कोरोना भाइरसको संक्रमणको अवस्था र संक्रमितबारे गरेको विशेष कुराकानीः

पछिल्लो अपडेट के भइरहेको छ बताउनुस् ?
पछिल्लो अपडेट त यहाँहरुलाई थाहा भइसक्यो होला, एकजना खाडी मुलुकबाट आएका व्यक्तिलाई कोरोना संक्रमण देखिएर हस्पिटल भर्ना गरिएको छ ।
उनी कहाँबाट आए, यहाँ कस–कसलाई भेटे त्यतातिर तपाईंहरुले अनुसन्धान गर्नुभएको छ ?
उहाँ दुबई एयरपोर्टबाट काठमाडौंमा चैत ६ गते आउनुभयो । त्यहाँदेखि उहाँ काठमाडौंमा बस्नुभएको हो । काठमाडौंमा बस्दा उहाँ होटेलमा बस्नुभएको रहेछ ।
कुन होटेलमा बस्नुभएको रहेछ ?
त्यो होटेल चाहीं अहिले भन्न सकिएन ।
तपाईंहरुले होटेल पनि बताउनुभयो नि किन त्यहाँ अरु पनि थिए होलान् ?
होटेलको कुरामा उहाँ पहिला एयरपोर्टमा आउनुभयो । त्यसपछि इमिग्रेसनमा जानुभयो । त्यसपछि ट्याक्सी चेढेर होटल जानुभएको छ ।
कति नम्बरको ट्याक्सी चढ्नुभएको छ ?
त्यो ट्याक्सी पत्ता लगाउन हामीले फुटेज हेर्न गइरहेका छौं । केबाट जानुभएको भनेर डिटेलमा हामीले सोध्यौं । त्यसपछि ट्याक्सीमा जानुभएको हिजोबाट मात्रै हामीलाई थाहा भयो ।
जनतालाई डिटेल कुरा चाहियो नि जनतालाई सूचना लुकाउनुभएन नि ?
सूचना लुकाउने त हाम्रो उद्देश्य छँदैछैन नि । सूचनाहरु सही ढंगले दिन सकियो भने जनताहरु आफै सचेत र सजग होलान् भन्ने हाम्रो चाहना हो । उहाँ एयर अरेबीयाको जाहजमा आएर होटेलमा पहिलो दिन सिंगल रुममा बस्नुभयो । पछि आएर त्यो महंगो भयो भनेर अर्को चारजना बस्ने रुममा बस्नुभयो । होटेलको मालिकका अनुसार उहाँ कमन रुपमा बसेको भएतापनि त्यो दिन उहाँ एक्लै हुनुहुन्छ । त्यहाँ अर्को व्यक्तिहनुहुन्न भन्ने आएको छ । हिजोबाट मात्रै उहाँको सबै चेकजाँच भएको सबै रिपोर्ट आइसकेपछि थप जानकारी गराउँछौं ।
त्यसपछि सबै जानकारी गराउनुहुन्छ ?
त्यसपछि हामी उहाँबारे जानकारी गराउँछौं ।
कसरी आउनुभयो, कुन जाहजमा आउनुभयो तपाईंहरुसँग सबै सूचना होला नि ?
उहाँको बारेमा हामीसँग सबै सूचनाहरु छन् ।
जहाजमा कति जना रहेछन् ?
जहाजको डिटेल्स पनि मैले अहिले हेर्दैछु, त्यो सबै आउँदैछ । त्यहाँ भएका सबै मान्छेको नाम अहिले नै ठ्याक्कै भन्न सकिँन ।
उहाँ अरेबीया प्लेनबाट आउनुभयो होइन ?
हो, उहाँ अरेबीया प्लेनबाट आउनुभएको हो ।
त्यसपछि उहाँ सिधैं होटेलमा जानुभयो ?
उहाँ नेपाल राति १० बजेर ९ मिटेनमा आउनुभएको छ । त्यसपछि होटेलमा जानुभएको छ । होटेलमा आइसकेपछि उहाँसँग एकजना साथी पनि भेट्न आएको कुरा छ । ती सबै कुराको खोजबिन हामीले गरिरहेका छौं, त्यसको नतिजा आउँदैछ । नेपाल आइसकेपछि उहाँसँग भेटेका मान्छे, छुटेका मान्छे सबैको इन्भेष्टिकेसन भइरहेको छ ।
संक्रमणको जानकारी तपाईंहरुले १४ घण्टा लुकाउनुभयो रे त्यो सही हो ?
त्यो हामीले लुकाएको छैन । यो त राष्ट्रिय जनस्वास्थ्य परिषद्ले जाँचेर त्यसको रिपोर्ट हामीलाई दिने हो । त्यो रिपोर्ट दिन अलिकति ढिला भयो भन्ने हाम्रो टेकु अस्पतालबाट कुरा आएको छ ।
यस्तो कुरा छिटो गर्नुप¥यो नि किन लुकाउनुहुन्छ ?
हामी जानकारी दिन्छौं । यसलाई बुझ्नुपर्छ । पहिला बिरामी आउँछ अस्पिटलमा । अस्पिटलले राष्ट्रिय जनस्वास्थ्य परीक्षालयलाई दिन्छ । त्यसपछि हामी आईएचआरको पनि फोकल पोइन्ट भएको हुनाले त्यो जनकारी हामीलाई दियो । यसमा उहाँ दुबई बस्दा पनि सँगै बस्ने तीनजना साथीहरु छन् रे । ती साथीहरुको पनि यहाँको जस्तो त्यहाँको फोकल प्वाइन्टले रिपोर्ट गर्नुपर्छ । उनीहरुको रिपोर्ट हामीकोमा आउनुपर्छ त्यसपछि मात्रै हामीले खबर गर्ने हो । त्यसकारण यो ढिला भइसकेको छ । यसलाई हामीले मिलाइसकेका छौं । अब यसो नगर्ने भनेर ।
जनतालाई सही सूचना दिन छिटो गर्नुप¥यो नि ?
हो, यो सही हो । छिटो सूचना पाउनुभयो भने उहाँसँग जहाजमा आउने व्यक्तिहरु जहाँ हुनुहुन्छ । त्यहाँबाट आपैmले फोन गरेर सोधिरहनुभएको हुनाले जनता आपैm सतर्क छन् । उहाँलाई जानकारी दिँदा प्रष्ट रुपमा छिट्टै दिनुपर्ने हुन्छ ।
अहिलेसम्म नेपालमा ३ जनालाई देखियो, एकजना उपचारपछि घर फर्किनुभयो, अहिले उपचारमा भएका व्यक्तिहरुको अवस्था कस्तो छ ?
उपचारमा रहेका व्यक्तिहरुको साधारण खोकी मात्रै छ । ठूलो समस्या छैन । सुरुमा अलिकति ज्वरो आएको थियो । अहिले उहाँहरुलाई ज्वरो पनि छैन । उहाँहरुलाई अभैm एक हप्ता हस्पिटलमा राखेर अन्तिममा फेरि जाँचेर पुरै नेगेटिभ रिपोर्ट आएपछि मात्रै घर फर्काउनुपर्ने भएको हुनाले अभैm एक हप्ता राख्ने हो । उहाँहरुको अवस्था एकदमै सामान्य छ ।
ती संक्रमित युवतीको अवस्था सुधारोन्मुख छ ?
ती युवतीको अवस्था त धेरै राम्रो छ । उहाँ त आपैm धेरै सचेत हुनुहुन्छ । उहाँ घरमा पनि सचेत अवस्थामा बस्नुभयो । हस्पिटलमा आएर पनि हामीलाई प्रस्ट जानकारी दिनुभयो । अर्को व्यक्ति चाहीं पढेखेलेको पनि कम किन भने उहाँ कामदारको भिसामा जानुभएको रहेछ । त्यसोभएको हुनाले उहाँले सबैं कुराहरु सुरुमा नबुझेको जस्तो देखिन्छ । पछि उहाँले पनि सबै डिटेलमा हामीलाई भनिसक्नुभयो र उहाँ पनि अहिले एकदमै राम्रो हुनुहुन्छ ।
युवकको अवस्था पनि सुुधारोन्मुख छ हो ?
उहाँ पनि एकदमै राम्रो अवस्थामा हुनुहुन्छ । उहाँको चिकित्सा समय दुई हप्ताको हुन्छ । त्यतिन्जेलसम्म राखेर फेरि जाँच गरेर पुरै नेगेटिभ भएपछि मात्रै उहाँको घरमा पठाउँछौं ।
मानिसहरुलाई क्वारेन्टाइन्मा राख्नै तपाईंहरुलाई मुस्किल परिरहेको कसरी विश्वासिलो बनाउनुहुन्छ ?
जसरी देशैभरि प्लेनमार्पmत आउनुभएको छ । उहाँलाई हामीले जाँचपड्ताल गर्दा त्यतिबेला ज्वरो नभएको, त्यतिबेला कुनै समस्या नदेखिएका व्यक्तिहरुलाई उहाँहरुको पुरै डिटेल राखेर पठाएका छौं । हाम्रो स्वास्थ्यमन्त्रालयले पनि उहाँहरुलाई एक हप्तासम्म धैर्यधारण गरी कसैसँग भेटघाट नगरी एक्लै बस्ने, खाना पनि छुट्टै खाने, घरमा छु भनेर साथीहरुलाई बोलाएर रमाइलो गर्ने, गफगाफ गर्ने नगर्नुहोस् । छुट्टै बस्नुहोस् भनेर हामीले अनुरोध गरेका छौं । उहाँहरु कसैलाई पनि समस्या देखियो भने नजिकको स्वास्थ्य संस्था वा हाम्रो १११५ को कलसेन्टरमा कल गर्नुहोला त्यसलाई हामी व्यवस्थापन गर्छौं भन्ने हाम्रो सम्पूर्णमा अनुरोध छ ।
रोग पत्ता लगाउने किट्सको कुनै अभाव छ ?
किटको अभावभन्दा पनि त्यो पत्ता लगाउने र एउटै मात्रै ठाउँ छ अहिलेसम्म काठमाडौंमा । त्यसो भएर वीपी केयर धरासम्म जाँच्नलाई सामान पठाइएको छ । एउटै समस्या के भने अहिले बाहिर भएका शंकास्पद बिरामीहरुको नमुना काठमाडौं ल्याएर जँचाउने चाहीं हामीलाई ठूलो च्यालेन्ज भयो । त्यसको लागि स्वास्थ्य मन्त्रालयले विराटनगरमा दिनको एउटा प्लाइट गर्ने र त्यहाँको स्याम्पल लिएर आउने, त्यसैले नेपालजन्ज, धनगढीलगायतको एरियाको स्याम्पल कलेक्सन गर्ने र ल्याउने, त्यसैगरी पोखरालगायतका ठाउँको छिटो हुने दूरीमा एम्बुलेन्स चलाएर काठमाडौं ल्याउने अहिले ल्याब सुरु नहुन्जेलको अवस्था यही छ । अहिलेको ठूलो च्यालेन्ज नै यही हो ।
माक्सको अभाव छ कि छैन ?
अहिलेको अवस्थामा माक्सको अभावै छ । जहाँनेर शंकास्पद विरामीहरु देखिएका छन् । त्यहाँ हामीले पु¥याएको अवस्था छ । अरु ठाउँको लागि माक्सको एकदमै अभाव छ । स्वास्थ्यकर्मीका लागि पीपीईको अभाव छ । यसको प्लेन चार्टर गरेर दुई दिनभित्र नेपालमा आउँछ त्यही अनुसार केन्द्र, प्रदेश सबैलाई पुग्ने डिमान्डभन्दा डबल गरेर माग गरेका छौं ।
त्यसोभए किटको अभाव छैन ?
अहिलेको अवस्थामा किटको भन्दा पनि स्ल्याबको अभाव भएको छ । त्यो काठमाडौंमा मात्रै भएकाले कसरी स्याम्पल ल्याउने भन्ने जनतालाई गाह्रो भएको छ । त्यसको व्यवस्थापन गर्ने कुरा हामीलाई ठूलो च्यालेन्ज भएको छ । किट पनि अहिलेको अवस्थामा पर्याप्त मात्रमा छैन । माक्सलगायतका सामाग्री आउँदा किट पनि प्रशस्त मात्रामा आउने भएकाले अभाव खड्किन नदिने हाम्रो उद्देश्य हो ।-File Photo 



प्रतिक्रिया दिनुहोस्