Logo

कोरोना भाइरस संक्रमित युवक नेपाल आए देखि बसेको र भेटेकोसम्मको विवरण



काठमाडौं, १३ चैत्र । अहिले खाडी मुलुकबाट आएका एकजना व्यक्तिलाई कोरोना संक्रमण देखिएर हस्पिटल भर्ना गरिएको छ । उहाँ दुबई एयरपोर्टबाट काठमाडौंमा चैत ६ गते आउनुभयो । त्यहाँदेखि उहाँ काठमाडौंमा बस्नुभएको हो । काठमाडौंमा बस्दा उहाँ होटेलमा बस्नुभएको रहेछ । त्यो होटेल चाहीं अहिले भन्न सकिएन ।

होटेलको कुरामा उहाँ पहिला एयरपोर्टमा आउनुभयो । त्यसपछि इमिग्रेसनमा जानुभयो । त्यसपछि ट्याक्सी चेढेर होटल जानुभएको छ । त्यो ट्याक्सी पत्ता लगाउन हामीले फुटेज हेर्न गइरहेका छौं । केबाट जानुभएको भनेर डिटेलमा हामीले सोध्यौं । त्यसपछि ट्याक्सीमा जानुभएको हिजोबाट मात्रै हामीलाई थाहा भयो ।

उहाँ एयर अरेबीयाको जाहजमा आएर होटेलमा पहिलो दिन सिंगल रुममा बस्नुभयो । पछि आएर त्यो महंगो भयो भनेर अर्को चारजना बस्ने रुममा बस्नुभयो । होटेलको मालिकका अनुसार उहाँ कमन रुपमा बसेको भएतापनि त्यो दिन उहाँ एक्लै हुनुहुन्छ । त्यहाँ अर्को व्यक्ति हनुहुन्न भन्ने आएको छ । हिजोबाट मात्रै उहाँको सबै चेकजाँच भएको सबै रिपोर्ट आइसकेपछि थप जानकारी गराउँछौं । उहाँको बारेमा हामीसँग सबै सूचनाहरु छन् । जहाजको डिटेल्स पनि मैले अहिले हेर्दैछु, त्यो सबै आउँदैछ । त्यहाँ भएका सबै मान्छेको नाम संकलन भएका छन् ।

उहाँ नेपाल राति १० बजेर ९ मिटेनमा आउनुभएको छ । त्यसपछि होटेलमा जानुभएको छ । होटेलमा आइसकेपछि उहाँसँग एकजना साथी पनि भेट्न आएको कुरा छ । ती सबै कुराको खोजबिन हामीले गरिरहेका छौं, त्यसको नतिजा आउँदैछ । नेपाल आइसकेपछि उहाँसँग भेटेका मान्छे, छुटेका मान्छे सबैको इन्भेष्टिकेसन भइरहेको छ ।

जहाँसम्म संक्रमणको जानकारीको विषय छ । त्यो हामीले लुकाएको छैन । यो त राष्ट्रिय जनस्वास्थ्य परिषद्ले जाँचेर त्यसको रिपोर्ट हामीलाई दिने हो । त्यो रिपोर्ट दिन अलिकति ढिला भयो भन्ने हाम्रो टेकु अस्पतालबाट कुरा आएको छ ।

हामी जानकारी दिन्छौं । यसलाई बुझ्नुपर्छ । पहिला बिरामी आउँछ हस्पिटलले राष्ट्रिय जनस्वास्थ्य परीक्षालयलाई दिन्छ । त्यसपछि हामी आईएचआरको पनि फोकल पोइन्ट भएको हुनाले त्यो जनकारी हामीलाई दियो । यसमा उहाँ दुबई बस्दा पनि सँगै बस्ने तीनजना साथीहरु छन् रे । ती साथीहरुको पनि यहाँको जस्तो त्यहाँको फोकल प्वाइन्टले रिपोर्ट गर्नुपर्छ । उनीहरुको रिपोर्ट हामीकोमा आउनुपर्छ त्यसपछि मात्रै हामीले खबर गर्ने हो । त्यसकारण यो ढिला भइसकेको छ । यसलाई हामीले मिलाइसकेका छौं । अब यसो नगर्ने भनेर ।

अहिले उपचारमा रहेका व्यक्तिहरुको साधारण खोकी मात्रै छ । ठूलो समस्या छैन । सुरुमा अलिकति ज्वरो आएको थियो । अहिले उहाँहरुलाई ज्वरो पनि छैन । उहाँहरुलाई अभैm एक हप्ता हस्पिटलमा राखेर अन्तिममा फेरि जाँचेर पुरै नेगेटिभ रिपोर्ट आएपछि मात्रै घर फर्काउनुपर्ने भएको हुनाले अभैm एक हप्ता राख्ने हो । उहाँहरुको अवस्था एकदमै सामान्य छ ।

संक्रमित युवतीको अवस्था त धेरै राम्रो छ । उहाँ त आपैm धेरै सचेत हुनुहुन्छ । उहाँ घरमा पनि सचेत अवस्थामा बस्नुभयो । हस्पिटलमा आएर पनि हामीलाई प्रस्ट जानकारी दिनुभयो । अर्को व्यक्ति चाहीं पढेखेलेको पनि कम हुनुहुँदोरहेछ । उहाँ कामदारको भिसामा जानुभएको रहेछ । त्यसोभएको हुनाले उहाँले सबैं कुराहरु सुरुमा नबुझेको जस्तो देखिन्छ । पछि उहाँले पनि सबै डिटेलमा हामीलाई भनिसक्नुभयो र उहाँ पनि अहिले एकदमै राम्रो हुनुहुन्छ ।

उहाँ पनि एकदमै राम्रो अवस्थामा हुनुहुन्छ । उहाँको चिकित्सा समय दुई हप्ताको हुन्छ । त्यतिन्जेलसम्म राखेर फेरि जाँच गरेर पुरै नेगेटिभ भएपछि मात्रै उहाँको घरमा पठाउँछौं ।

जसरी देशैभरि प्लेनमार्पmत आउनुभएको छ । उहाँलाई हामीले जाँचपड्ताल गर्दा त्यतिबेला ज्वरो नभएको, त्यतिबेला कुनै समस्या नदेखिएका व्यक्तिहरुलाई उहाँहरुको पुरै डिटेल राखेर पठाएका छौं । हाम्रो स्वास्थ्यमन्त्रालयले पनि उहाँहरुलाई एक हप्तासम्म धैर्यधारण गरी कसैसँग भेटघाट नगरी एक्लै बस्ने, खाना पनि छुट्टै खाने, घरमा छु भनेर साथीहरुलाई बोलाएर रमाइलो गर्ने, गफगाफ गर्ने नगर्नुहोस् । छुट्टै बस्नुहोस् भनेर हामीले अनुरोध गरेका छौं । उहाँहरु कसैलाई पनि समस्या देखियो भने नजिकको स्वास्थ्य संस्था वा हाम्रो १११५ को कलसेन्टरमा कल गर्नुहोला त्यसलाई हामी व्यवस्थापन गर्छौं भन्ने हाम्रो सम्पूर्णमा अनुरोध छ । इमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेसँग ऋषि धमलाले लिएको अन्तर्वातामा आधारित



प्रतिक्रिया दिनुहोस्

Screenshot