Logo

कोरोना भाइरस संक्रमित युवक र युवतीलाई ‘ज्वरो छैन, साधारण खोकीमात्र’



काठमाडौं, १३ चैत्र । कोरोना भाइरस संक्रमित युवक र युवती दुवैजनाको ज्वरो नभएको र साधारण खोकीमात्र भएको खुलेको छ । दुवैजनालाई ठूलो समस्या नभएकोले परीक्षणपछि कोरोना भाइरस संक्रमण मुक्त भएपछि घर पठाइने बुझिएको छ ।

इमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक  डा. वासुदेव पाण्डेका अनुसार दुवैजनालाई कम्तिमा एक हप्ता राखिनेछ । उनले भने, ‘उहाँहरुको अवस्था एकदमै सामान्य छ ।’ दुवैलाई सुरुमा अलिकति ज्वरो आएको पाण्डेले जानकारी दिए । उनले भने, ‘उहाँहरुलाई अझै एक हप्ता हस्पिटलमा राखेर अन्तिममा फेरि जाँचेर पुरै नेगेटिभ रिपोर्ट आएपछि मात्रै घर फर्काउनुपर्ने भएको हुनाले अझै एक हप्ता राख्ने हो । उहाँहरुको अवस्था एकदमै सामान्य छ ।’

संक्रमित युवतीको अवस्था त धेरै राम्रो भइरहेको उनले बताए । उनले युवतीका बारेमा भने, ‘उहाँ त धेरै सचेत हुनुहुन्छ । उहाँ घरमा पनि सचेत अवस्थामा बस्नुभयो । हस्पिटलमा आएर पनि हामीलाई प्रष्ट जानकारी दिनुभयो ।’

युवकको उपचार समय दुई हप्ताको हुने समेत बताए । दुई हप्तापछि पुनः चेकजाँच गर्दा संक्रमणमुक्त भएपछि घर पठाउने बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot