चैत १३, काठमाण्डौ । कोरोना भाइरस (कोभिड(१९) का कारण बेलायतमा अर्का एकजना नेपालीको मृत्यु भएको छ । साउथ इस्ट लण्डनमा बस्दै आएका ४० वर्षीय प्रशान्त अर्यालको गत सोमबार निधन भएको अस्पतालले जनाएको छ ।
सामान्य ज्वरो तथा खोकीको समस्या भएका अर्याललाई गत शनिबार अकस्मात चक्कर लागेपछि स्थानीय क्वीन एलिजाबेथ अस्पतालमा लागिएको थियो । उपचारकै क्रममा उनको निधन भएको थियो ।
ब्लड प्रेसर बाहेक अन्य कुनै रोग नरहेको पारिवारिक स्रोतले बताएको छ । बेलायतमा एकाउन्टिङ फर्ममा कार्यरत अर्यालका श्रीमती सहित एक छोरा र एक छोरी रहेका छन् । उनको पुख्र्यौली घर चितवन हो ।
यसअघि कोरोनाकै कारण लण्डनस्थित साउथ ह्यारोमा बस्दै आएका संखुवासभा खाँदबारी निवासी ६६ वर्षीय भूतपूर्व गोर्खा सैनिक लिलाबहादुर राईको निधन भैसकेको छ ।