Logo

फलफूलको मूल्य आकाशियो



काठमाडौं, १३ चैत्र । कालिमाटी बजारमा खुद्रा मूल्य सूचीभन्दा बढी मूल्यमा फलफूल खरिद गर्नुपर्ने अवस्था बनेको छ । एकातर्फ फलफूलको मूल्य लकडाउन अघिको तुलनामा बढेको छ भने अर्कोतर्फ बढी मूल्यमा खरिद गर्नुपर्ने वाध्यता परेको छ ।

लकडाउन गर्नु अघि अनारको मुल्य प्रतिकेजी १५० रुपैयाँ थियो । अहिले उपभोक्ताले प्रतिकेजी ३०० रुपैयाँ भन्दा बढीमा खरिद गर्नुपर्ने भएको छ । व्यवसायीहरुले जोखिम मोलेर ल्याउन परेको भन्दै महंगोमा बिक्रि गरिरहेका छन् ।

अनारको मात्र नभई स्याउ,सुन्तला, कागती, काक्रो, मेवाको पनि मूल्य वृद्धि भएको छ । सरकारले कालोबजारी गर्नेलाई कारबाही गर्ने भने पनि उपभोक्ताले बढी मूल्यमा खरिद गर्न बाध्य भएका छन् ।

आज कालिमाटी बजारमा स्याऊ प्रतिकेजी २१५ रुपैयाँमा बिक्रि भइरहेको छ । केरा दर्जनको ९५ रुपैयाँ, कागती प्रतिकेजी २४५ रुपैयाँ, सुन्तला प्रतिकेजी ८५ रुपैयाँ,मेवा प्रतिकेजी ८५ रुपैयाँ, र नासपाती प्रतिकेजी ११५ रुपैयाँमा खरिद बिक्रि गरिएको कालिमाटी बजारले जनाएको छ । तर अन्य विक्रेतासम्म पुग्दा यो मुल्य बढी नै तिर्नुपर्ने वाध्यता रहेको हो ।



प्रतिक्रिया दिनुहोस्