काठमाडौं, १३ चैत्र । कोरोना भाइरसको रोकथामका लागि काठमाडौं महानगरपालिकाले विदेशबाट फर्किएकाहरुको अवस्था बुझ्ने भएको छ । १ मार्च २०२० देखि हालसम्म विदेशबाट फर्किएका नगरवासीको अभिलेख तयार गर्ने र उनीहरुको अवस्थाबारे विवरणसहित लगत तयार गरी प्रशासन विभागमा पठाउने निर्णय गरेको छ ।
महानगरपालिकाका विभागीय प्रमुख नवराज ढकालले जानकारी गराए अनुसार आज बसेको विशेष बैठकले १ मार्चयता विदेशबाट फर्किएकाको लगत तयार गर्ने निर्णय भएको हो । वडाबाट सम्पादन हुँदै आएको फोहोरमैला व्यवस्थापन कार्य प्रभावकारी ढंगबाट संचालन गर्ने निर्णय समेत गरेको छ ।