Logo

‘दाना पानी अभियान’ मार्फत बोलन्या थलीद्वारा सुकुम्बासी शिबिरमा सहयोग



कैलाली, चैत १४ । बोलन्या थलीले सञ्चालन गरेको आश्रय अड्डाबाट दाना पानी अभियान मार्फत कैलालीस्थित मनोहरा सुकुम्बासी शिबिरमा रहेका झण्डै ७० घरपरिवारलाई खाद्यान्न सामग्री बितरण गरेको छ ।

विश्वव्यापी कोरोना संक्रमणका कारण देश लकडाउन हुँदा उक्त शिबिरमा रहेका मजदुरको रोजि रोटि संकटमा परेपछि संस्थाले खाद्यान्न सामग्री बितरण गरेको जनाएको छ ।

धनगढी उपमहानगरपालिका स्थित वडा नम्बर ८ मा रहेको उक्त शिबिरमा नुन , तेल , दाल , चाउचाउ , सोया , मसला सामाग्री बितरण गरेको संस्थाका संयोजन यादव जोशीले जानकारी गराए । उक्त सहयोग जुटाउन मद्दत पु¥याउने सहयोगीप्रति संस्थाले आभार समेत व्यक्त गरेको छ ।कार्यक्रममा दिपा जोशी,बिमला कार्की ,ज्ञानेन्द्र गुप्ता र नेहा माहीले सहयोग गरेको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot