Logo

प्रधानमन्त्री ओलीलाई प्रचण्डले अस्पतालमा भेटे



काठमाडौं, १४ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अस्तालमा पुगेर भेटेका छन् । मुटुमा समस्या भएपछि महाराजगञ्जस्थित मनमोहन कार्डियोलोजी अस्पतालमा भर्ना भएका ओलीलाई आज विहान भेटेका हुन् ।

भेटमा प्रचण्डले ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । उनले अस्पतालका चिकित्सकहरुसँग समेत उपचारपछिको अवस्थाबारे जानकारी लिएको बुझिएको छ ।

चिकित्सकहरुले ओलीको अवस्था सामान्य भएकाले आजै डिस्चार्ज गरिने जानकारी दिएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

२१ फागुनमा मृगौलाको प्रत्यारोपण गरेपछि ओली डिस्चार्ज भई विस्तारै सक्रिय हुनथालेका थिए । उनले तीनपटक मन्त्रिपरिषद् बैठक डाकिसकेका छन् । दुईपटक देशवासीका नाममा सम्बोधन गरेका छन् भने सार्क राष्ट्रहरुको भिडियो कन्फरेन्समा सहभागिता जनाएका छन् ।-File Photo



प्रतिक्रिया दिनुहोस्