Logo

आज २०७६ चैत्र १४ शुक्रबारको राशिफल



आज श्री शाके १९४१ बि।स।२०७६ साल चैत्र १४ गते शुक्रबार इश्वी सन २०२० मार्च २७ तारीख चैत्र शुक्लपक्ष तृतीया तिथी अश्विनी नक्षत्र पश्चात भरणी नक्षत्र र बैधृती योग तैतिल करण चन्द्रमा मेष राशिमा आनन्दादि योगमा बज्र योग प्रमादीनाम संवत्सर सुर्य उत्तरायण वसन्त ऋतु मत्स्यजयन्ति गौरीव्रत मत्स्यनारायणमेला मन्वादि ( ज्यो. प. सरोज घिमिरे)

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पारिवारिक मनोरञ्जनका क्षेत्रमा समय उत्तम रहेको छ । नयाँ कार्य थालनीको योग रहेकोछ । सामाजिक कार्यमा सहभागीता जनाउने समय रहेकोछ । व्यापार व्यसायमा समय उत्तम रहनेछ । दाम्पत्य सम्बन्धमा सुधार रहनेछ । प्रतिष्पर्धाजन्य कार्यमा समय उत्तम रहेकोछ । अधुरा कार्यहरु सुचारु गर्न समयले विशेष साथ दिनेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) खराब संगतका कारण सामान्य अपजस सहनु पर्ला । प्रतिपक्षीहरु सबल रहनाले कार्य सम्पादनमा साबधान रहनु होला । मनोरञ्जन मुलक सरसामानको क्षेत्रमा सामान्य खर्च हुन सक्नेछ । तात्कालिक खर्चका कारण सामान्य आर्थिक झमेलामा फस्न सकिने सम्भाबना रहेकोछ । सामान्य आर्थीक अभाबको सामना गर्नुपर्ने दिन रहेकोछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) प्रतिष्पर्धामा अबल रहिरहनेछ । आय मुलक कार्यको थालनि हुनेछ । नयाँ कार्यको थालनीले मनमा हर्ष पैदा गर्नेछ । अध्यनअध्यापनका क्षेत्रमा खर्चिएको समय उत्तम साबित रहने योग रहेको छ । पुरानो लगानी उठाउने राम्रो समय रहेको छ । मित्रजनको साथ तथा सहयोगबाट कार्य सम्पादनमा मद्दत पूग्नेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) परिश्रमको उचित मुल्यांक नहुनाले मनमा खिन्नताले बास गर्नेछ । मान्यजनको साथसहयोगको कमी महसुस गरीनेछ । भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ । सामान्य कार्यमा धेरै समय र श्रम खर्चनुपर्ला । परिवारको साथ सहयोगद्वारा आम्दानी क्षेत्रमा मार्गदर्शन मिल्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आफन्तजनबीच भेटघाट हुन सक्ने सम्भाबना रहेकोछ । पराक्रममा बृद्धि हुनेछ । नजिकका ब्यक्तिबाट बिश्वासघात हुन सक्छ । धार्मिक क्षेत्रको यात्रामा समय ब्यतित रहनेछ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । दाजुभाई तथा इष्टमित्रबीच सम्बन्ध सुधार रहनेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) वाणीका कारण सामान्य वादविवाद आईपर्न सक्नेछ । नजिकका साथी भाईहरुसगँ सामान्य मनमुटाब हुन सक्नेछ । शारिरिक अस्वस्थाको सामना गर्नुपर्ला । गरिरहेको कार्य क्षेत्र परिवर्तन सम्भाबना रहेकोछ । मनमा चञ्चलताले बास गर्नाले सामान्य कार्यका निम्ति अधिक श्रम खर्चनु पर्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) मान्यजनको साथसहयोगको कमी महसुस गरिनेछ । भौतिक स्रोत तथा साधनको प्रयोगका निम्ति सामान्य खर्च गर्नु पर्नेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ साथै जीवनसाथीको सहयोमा कार्य सम्पादनमा मद्दत मिल्नेछ । व्यापार व्यवसायमा साझेदारी नगरेकै बेश हुनेछ । शारीरिक आलस्यताले सताउनेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) यात्राका निम्ति सामान्य खर्च गर्नु पर्नेछ । प्रतिस्पर्धीहरु कमजोर हुनाले आर्यआर्जनमा बिषेश फाईदा रहला । स्वास्थमा भने सामान्य समस्या देखा पर्नेछ । गैरव्यक्तिको पूर्ण विश्वास नगर्नुनै राम्रो रहनेछ । घर परिवारबाट टाढा भएको अनुभूति हुन सक्नेछ । सामाजिक कार्यका क्षेत्रमा अघि नबढ्नुहोला ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) प्रिय ब्यक्तिको भेटघाटमा मन प्रशन्न रहनेछ तथा पारिवारीक मनोरञ्जका निम्ती सामान्य खर्च हुनेछ । सामान्य सघंष पश्चात मनग्य आम्दानीका श्रोतहरु फेला पर्नेछ । बिद्यार्थी वर्गका लागि दिन उत्तम रहनेछ । रचनात्मक कार्यको क्षेत्रबाट आफुलाई अब्बल तुल्याउन सकिने समय रहेकोछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) पारीवारिक मेलमिलाप बढेता पनि दाम्पत्य सुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । नयाँ कार्यको थालनिले मनमा हर्ष पैदा गर्नेछ । भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ । ब्यापार ब्यबसायको क्षेत्रमा राम्रो समय रहेको छ । प्रतिक्षा गरीएको कार्यको उत्तम प्रतिफल प्राप्तहुनाले मन हर्षित रहनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) निर्णय गर्ने क्षमता मा कमी आउनेछ । नयाँ कार्य थालनीका निम्ति आँट र साहसको कमि आउनेछ । शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । सामान्य खर्च भएतापनि मनमा चिन्ता भने रहनेछैन । मित्रजनहरुको अधिक निकटता सामान्य झन्झटीलो साबित हुन सक्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) वाणीको चातुर्यताले नयाँ मित्र प्राप्त हुन सक्छन । सामान्य चोटपटकको सिकार भईन सक्छ सजग रहनु होला । मान्यजन संगको सम्बन्ध खराब रहन सक्छ । बिद्या प्राप्ति योग रहेको छ । सन्तानसम्बन्धी समस्याले सताउने छ । स्थिर क्षेत्रमा गरीएको लगानीको उत्तम प्रतिफल प्राप्त रहनेछ ।



प्रतिक्रिया दिनुहोस्