Logo

बेष्ट युज अफ क्वारेन्टाईन विषयमा फिल्म कन्टेस्ट



काठमाडौं, १४ चैत्र । एभरग्रीनजब बिगत ५ बर्षा यता बजारमा रहेको मानब संसाधनको क्षेत्रमा काम गर्दै आइरहेको कम्पनी हो । यो कम्पनीले रोजगारदाता र रोजगार कर्ता बिच पुलको काम गर्दछ । रोजगार दाता लाई सही कर्मचारी कम्पनिमा चयन गर्न र रोजगार कर्तालाई सही कम्पनी र सही कार्यको पहिचान गरी रोजगार बनाउन सहयोग गर्ने गर्दछ ।

यो अभियानको उद्देस्यहरु :
१. आफु र अरुलाई खुशी बनाउदै मनोरन्जन गराउनु ।
२.  कोरोनाबाट त्रसित दिमाग लाई अन्यत्र ध्यानाकर्षण गराउनु ।
३.  सृजनात्मक ब्यक्तिहरुलाई प्रोत्साहन गराउनु ।
४.  यो क्वारेन्टाइनको समयलाई राम्रो सँग सदुपयोग गराउन ।
५ . यो अभियानमा ब्यस्त हुँदा त्रसित माहौलबाट टाढा गराउनु ।

लागुहुने शर्तहरु:

१ यस अभियानमा भाग लिन कुनै पनि शुल्क लाग्ने छैन ।
२ सबै फिल्महरु एभरग्रीनजब द्वारा प्रायोजित रहनेछन ।
३ प्रत्यक फिल्म १२० सेकेण्ड भन्दा बडिमा १० सेकेण्ड माथी सम्मको मात्र हुनुपर्नेछ ।
४ फिल्महरु बनाउदा कुनै पनि भाषामा बनाउन सकिनेछ तर अन्य भाषामा यदी भिडियो बनाउनु भएमा नेपाली उपशिर्षक अनिबार्य रुपमा प्रयोग हुनुपर्नेछ ।
५ तपाइले बनाउनु भएको फिल्मा रहेको हरेक फुटेज, संगित, शब्दहरु आदी सबै तपाइको आफ्नै हुनुपर्नेछ । यदी तपाइले कुनै पनि प्रतिलिपी अधिकार वा ट्रेडमार्क गरिएको सामाग्रीहरु समाबेश गर्नुभयो भने त्यसको जिम्मेबार तपाइ स्वोयमं रहनु पर्नेछ ।
६ भिडियो पठाउदा ९ अप्रिल २०२० भित्र [email protected] मार्फत इमेलमा पठाउनु पर्नेछ ।
७० पठाइएको उत्कृस्ट ११ भिडियोहरुलाई मात्र एभरग्रीनजबको फेसबुक पेजमा पोस्ट गरिनेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot