Logo

प्रधानमन्त्री ओली डिस्चार्ज भई बालुवाटारमा



काठमाडौं, १४ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओली डिस्चार्ज भएका छन् । प्रधानमन्त्री ओलीको प्रेस सल्लाहकार सूर्य थापाले दिएको जानकारीअनुसार प्रधानमन्त्री ओली डिस्चार्ज भएरपनि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगिसकेका छन् ।

थापाले यसबारेमा जानकारी दिँदै फेशबुक पेजमा लेखेका छन्,”सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू मनमोहन सेन्टर महाराजगंजमा आकस्मिक उपचार गराई पूर्ण स्वास्थ्यलाभ हासिल भएसँगै डिस्चार्ज हुनुभएको छ । उहाँ डिस्चार्जपश्चात् आफ्नो सरकारी निवास बालुवाटार पुग्नुभएको छ । उहाँ बिहीबार राती ११स्३० पछि मुटुको धड्कन बढ्ने समस्याका कारण अस्पतालमा भर्ना गरिनु भएको थियो । करिब २० घण्टा अस्पतालमा रहेर उहाँले मुटुको धड्कन बढ्नुको कारण खोजेर उपचार गराउनुभएको छ । उहाँको २४ दिन अघि शिक्षण अस्पतालमा दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । प्रधानमन्त्रीज्यूको उपचारमा संलग्न अस्पताल, चिकित्सकहरू, नर्सहरू र सबैमा धन्यवाद ज्ञापन गरिन्छ ।” file photo



प्रतिक्रिया दिनुहोस्