काठमाडौं, १४ चैत्र । नेपालमा कोरोना भाइरसबाट संक्रमित भएकाको संख्या चार पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले पत्रकार ईश्वर कार्कीलाई दिएको जानकारीअनुसार चौथो व्यक्तिमा पनि कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । देवकोटाकाअनुसार संक्रमित भएका चौथो व्यक्ति दुवईबाट आएका थिए । उनी ३४ वर्षीया पुरुष हुन् ।
काेराेना अपडेटकोरोना भाइरस (कोभिडा-१९) को चाैथो संक्रमित भेटिएका छन । संक्रमित व्यक्ति सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारमा रहेका छनहाल उनको अवस्था सामान्य छ । उनी ३४ वर्षका नेपाली पुरूष हुन् ।
Posted by Ministry of Health and Population-Nepal on Friday, 27 March 2020
मन्त्रालयको तर्फबाट प्रवक्ता देवकोटाले फेशबुक लाईभमार्फत काठमाडौं उपत्यकाबाहिरपनि संक्रमण देखिएको जानकारी दिएका हुन् । मन्त्रालयको फेशबुक पेजमा कोरोना अपडेटमा लेखिएको छ,”कोरोना भाइरस (कोभिडा-१९) को चाैथो संक्रमित भेटिएका छन । संक्रमित व्यक्ति सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारमा रहेका छन । हाल उनको अवस्था सामान्य छ । उनी ३४ वर्षका नेपाली पुरूष हुन् ।”