Logo

कोरोना संक्रमित व्यक्तिको अवस्था सामान्य छ : सेती प्रादेशिक अस्पताल



चैत १४, धनगढी । धनगढीमा कोरोना पोजिटिभ देखिएका ३४ वर्षीय युवकको अवस्था समान्य रहेको अस्पतालले जानकारी दिएको छ । शुक्रबार साँझ एक विज्ञप्ति जारी गर्दै सेती प्रादेशिक अस्तपालले ३४ वर्षीय ती युवकको अवस्था सामान्य रहेको जानकारी दिएको हो ।

यसका साथै उपचारमा कुनै कमी नभएको समेत अस्पतालले जानकारी दिएको छ । ‘प्रोटोकल अनुसार निजको उपचारमा कुनै कमी नभएको साथै निजको अवस्था हाल सामान्य रहेको व्यहोरा जानकारी गराइन्छ,’ अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

उनी दुबइबाट नेपाल फर्किएका हुन् । कोरोना संक्रमित ती युवा चैत ११ गते सेती प्रादेशिक अस्पताल भएका थिए । यसैगरी अस्पतालले अहिलेसम्म आइसोलेसन वाडमा १९ जना भर्ना गरिएको र ति सबैको थ्रोट स्वाब नमुना परीक्षणका लागि पठाइएको जानकारी दिएको छ । तिमध्ये एक जनाको पोजेटिभ र ८ जनाको नेगेटिभ रिपोर्ट आएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । बाँकी १० जनाको भने रिपोर्ट आउन बाँकी छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot