Logo

अमेरिकामा २० खर्ब डलरको राहत प्याकेज



एजेन्सी, १५ चैत्र । अमेरिकामा २० खर्ब डलरको राहत प्याकेज को कानुनमा राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर गरेका छन् । उनले शुक्रबार राति हस्ताक्षर गरेपछि अमेरिकाको इतिहासमै सबैभन्दा बढी राहत प्याकेज स्थापना भएको छ ।

सीएनएनका कारण अमेरिकी संसद कँग्रेसले पारित गरेपछि राष्ट्रपति ट्रम्पले हस्ताक्षर गरेका हुन् । कोरोना भाइरससँगको संक्रमणका कारण अर्थतन्त्रमा संकट आएपछि योसँग जुध्न यसको प्रयोग हुनेछ । राहत साना अमेरिकी कामदार, साना व्यवसाय र उद्योग, स्वास्थ्य, बेरोजगार भत्तालगायतमा खर्च हुने जनाइएको छ ।

यसअघि अमेरिकामा पहिलोपटक ३३ लाख मानिसहरुले बेरोजगार भत्ताको आवेदन दिएका थिए । कोरोना भाइरसका कारण अमेरिकामा लाखौंको जागिर गएको र कतिपयको संकटमा परेको छ ।

यसैगरी, अमेरिकामा एकै दिन २० हजार जना कोरोना भाइरस संक्रमित भेटिएका छन् । पछिल्लो तथ्यांक अनुसार त्यहाँ एक लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् ।

अमेरिकामा १ लाख २ हजार ४ सय ६४ संक्रमित भएका छन् । मृत्यु हुनेको संख्या १ हजार ६ सय ७ पुगेको छ । यसअघि चीन सबैभन्दा बढी संक्रमित भएको देशमा परेकोमा अमेरिका र इटालीले उसलाई उछिनिसकेको छ ।



प्रतिक्रिया दिनुहोस्