Logo

लकडाउनले ल्यायो टुटेको सम्बन्धमा सुधार



मुम्बई, चैत १५ । बलिउड नायक ऋतिक रोशन र सुजैन खान अलग्गिएको धेरै समय बितिसक्यो। तर यी दुईको सम्बन्धमा अहिले पनि खास दूरी छैन। सामाजिक सञ्जालमार्फत ती दुईले एकअर्कालाई समर्थन गरिरहेको देखिन्छ।

आफ्ना सन्तानका लागि यी दुई धेरैजसो समय सँगै पनि देखिन्छन्। यसपटक कोरोना भाइरसको लकडाउनले यिनीहरू एकै छतमुनि सँगै बस्ने भएका छन्। मोदी सरकारले लागू गरेको २१ दिनसम्म यी एकै घरमा लकडाउन हुनेछन्।

ऋतिक रोशनले पूर्व श्रीमती सुजैनको तारिफ गर्दै तस्बिरसहित पोस्ट सेयर गरेका छन्। सन्देशमा उनले सुजैन आफ्ना सन्तानका लागि केही समयका लागि घर फर्किएको जानकारी दिएका छन्।एजेन्सी



प्रतिक्रिया दिनुहोस्