Logo

कोरोना भाइरस संक्रमित दुवैजनालाई हल्का खोकीमात्र छ- डा. सागरकुमार राजभण्डारी



काठमाडौं, १५ चैत्र । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका चिकित्सक डा. सागरकुमार राजभण्डारीले एउटा चिकित्सकले एक हजारसम्मलाई बचाउन सक्ने भएकाले चिकित्सकलाई बचाउनु पहिलो प्राथमिकता भएको बताएका छन् । उनले चिकित्सकलाई आवश्यक सामाग्री उपलब्ध गराउनुपर्नेमा जोड दिएका छन् । डा. राजभण्डारीले ऋषि धमलासँग गरेको कुराकानीः
टेकु अस्पालको ताजा अपडेट के छ ?
देशको एक मात्र सरुवा रोग अस्पताल टेक हो । यसले अहिलेसम्म धेरै प्रकारका सुरुवा रोगहरुको जाचपडताल गर्दै आएको छ । अहिले विश्वमै महामारीको रुपमा पैmलिएको कोरोना भाइरसको जाच गर्दै आएका छौं । पछिल्लो समय अन्य विरामीहरुलाई अन्य अस्पतालमा सारेर कोरोना भाइरस संक्रमितहरुको मात्रै जाँचपड्ताल गर्न यसलाई फोकस गरेका छौं ।
त्यहाँ अहिलेको अवस्थामा चेकजाँच कस्तो भइराखेको छ ?
खासगरी कोरोनाका संकास्पद बिरामीहरुलाई यो अस्पतालमा ल्याइन्छ । अन्य रोगका बिरामीहरुलाई अहिले यहाँबाट अरु अस्पतालमा रिफर गरेको अवस्था छ । यहाँ उपत्यका र बाहिरका कोरोनाका शंकास्पद बिरामीहरुलाई चेक जाँच गरिन्छ । त्यस्ता विरामीको रिपोर्ट परीक्षणको लागि नजिकैको ल्याबमा पठाउने गरिएको छ ।
तपार्इंंहरुले चेकजाँच गरिरहँदा बिरामीहरुको अहिलेको अवस्था के छ ?
अहिले चाहीं साधारण, रुघाखोकीका बिरामीहरु पनि मलाई कोरोना भयो कि भनेर आउने गर्नुहुन्छ । अहिले बाहिरी देशबाट आउने व्यक्ति जो कोरोनाको संकास्पदको रुपमा जचाउन आउने संख्या बडिरहेको छ । कतिपय म फलानो दिन फलानो देशबाट आएको थिएँ । मलाई कोरोनाको संक्रमण छ कि छैन भनेर पनि आउनुभएको छ । मुख्य गरेर काठमाडौंमा अन्य निजी अस्पतालका बिरामीहरु पनि कोरोनाको संका लागेका बिरामीलाई ती अस्पतालहरुले पनि यहाँ पठाउने गरेका छन् ।
ती संकास्पद बिरामीहरु जाँच्नको लागि तपाईंहरुलाई सामग्रीको अभाव छ ?
अभावै त नभौं त्यसलाई हामीले व्यवस्थापन गरेका छौं । यस्तो अवस्थामा हामीले सबैले व्यवस्थापन गर्नुपर्छ । कोरोना परीक्षणमा चिकित्सको प्रकृति हेरेर आवश्यक पीपीई र किटहरु वितरण गरिराखेका छौं ।
पीपीईको कुरा संकास्पद बिरामी जाँच्नको लागि चाहिँदैन भन्ने पनि छन्, तपाईंहरुको निष्कर्ष के छ ?
यो खालका रोगको जाँच गर्ने स्वास्थ्यकर्मी, नर्स र प्राविधिकहरुलाई अनिवार्य रुपमा पीपीईलगायतका सुरक्षित सामग्रीहरु उपलब्ध गराउनुपर्छ । यस मानेमा पनि अनिवार्य छ, किन कि कुनै व्यक्तिलाई शिकार गर्न पठाइन्छ भने उसलाई हातहतियार खरखजनाले सुसज्जित बनाएर पठाउनुपर्छ । भनाइ नै छ, ‘स्याल शिकार गर्न बाघको खरखजाना चाहिन्छ, यदि स्यालको सट्टा बाघ आइलाग्यो भने के गर्नु ? त्यस्तै संकास्पद भन्दै गर्दा उसमा भेटिइयो भने त चिकित्सकहरुमा पनि संक्रमण हुन सक्छ । सबैभन्दा ठूलो कुरा भनेको स्वास्थ्यकर्मी हो । त्यसैले उनीहरुलाई बँचाउनै पर्छ । एकजना स्वास्थ्यकर्मीले हजार जना सर्वसाधारणलाई बचाउन सक्छ । त्यसैले प्रमुख उद्देश्य भनेको स्वास्थ्यकर्मी बचाउने हो ।
प्रधानमन्त्रीले त चिकित्सक लगायत सबैलाई निधक्क भएर काम गर्नु केही समस्या छैन भन्नुभएको छ नि ?
यस्तो विसम परिस्थितिमा अरुभन्दा स्वास्थ्यकर्मीले एक कदम अगाडि बढेर लम्किनुपर्छ । देशको अवस्था हेरेर आफ्नो स्रोत, साधनको अधिकतम प्रयोग गरेर अगाडि आउनेपर्ने बेला भएको छ । त्यही अनुसार हामी लागिपरेका छौं ।
टेकू अस्पतालमा कोरोना संकास्पद कति जना बिरामीहरु आए ?
अहिले हरेक दिन ५० जना हाराहारी शंकास्पद बिरामीहरु आइरहेको अवस्था छ । हामीले उनीहरुलाई अस्पतालको क्षमता अनुसारको सेवा दिइराखेका छौं । अहिलेसम्म हाम्रो अस्पतालमा ५ वटा आइसुलेसन बेड छ । त्यो जहिले पनि भरिरहेको अवस्था छ । दुई जना संक्रमित हुनुहुन्छ । तीन जनाको रिपोर्ट आउँदै छ । ४० बेडको क्यारेन्टाइन बेड छ । त्यहाँ केही व्यक्तिहरु बसिरहनुभएको छ । उहाँहरुको पनि रिपोर्ट आउँदै छ । उहाँहरुको रिपोर्ट आइसकेपछि होम क्यारेन्टाइनमा पठाउने अथवा अन्य क्वारेन्टाइनमा पठाउने त्यो रिपोर्ट आउनै बाँकी छ । पछिल्लो समयमा अन्य विरामीको लागि हुने ओपीडी सेवा बन्द गरेर अहिले कोरोना संक्रमित र संकास्पद बिरामीलाई मात्रै फोकस गरेका छौं । यहाँबाट हुने एचआईभीका बिरामीलाई पनि अन्तै सिप्ट गरेका छौं ।
कोरोना भाइरसका बिरामी अहिलेसम्म तीन जना मात्रै देखिएको हो नेपालमा ?
अहिले सरकारले जसरी लकडाउनको अवस्था ल्याएको छ । यो एक महिना अगाडि नै ल्याउनुपर्ने थियो । ढिलै भएपनि यो स्वागतयोग्य कुरा हो । पछिल्लो समय पनि बाहिर देशबाट आएका संक्रमित मात्रै देखिएका छन् । त्यो त चेकजाचको बेला थियो । त्यसको रेकर्ड भएर हामीलाई अन्य संक्रमित पनि पत्तालगाउन सजिलो भयो । त्यो भन्दा पहिला जुन बेला हाम्रो चेकजाच थिएन । त्यति बेला नै धेरै छिरिसकेको अवस्था छ । यति धेरै मानिसहरु विदेशमा छन् । यो एक महिनाभित्र कत्ति आएर उहाँहरुको घरपरिवार वा कमिनिटीमा सारिसकेको अवस्था पनि हुन सक्छ ।
ठ्याक्कै रोग चाहीं अहिलेसम्म तीन जनामा मात्रै देखिएको हो त ?
अहिलेसम्म प्रमाणित भएकोमा तीन जनामा मात्रै देखिएको छ । हामी टेष्टको दायरालाई बढाउँदै लानुपर्छ । यो सेवा काठमाडौंमा मात्रै भएर हुँदैन । देशका विभिन्न ठाउँहरुमा यसका सेवा उपलब्ध गराउनुपर्छ । जस्तै अहिलेसम्म ७५० जना मान्छेको परीक्षण गर्दा ३ जनामा देखियो । त्यसैगरी देशैभरिका संकास्पद व्यक्तिहरुलाई परीक्षण गर्दै जाँदा संख्याहरु बढ्दै जान्छ ।
त्यसोभए देशैभरिमा टेष्ट गर्नुपर्छ भन्नेमा हो तपाईं ?
प्रदेशमा मात्रै नभएर समुदायमा पनि गएर टेष्ट गर्नुपर्ने हुन्छ । यसका अरु टेक्नोजली पनि छन््, त्यसको प्रयोग गरेर हरेक समुदायमा पनि परीक्षण आवश्यक छ ।
उप–प्रधानमन्त्रीले देशका विभिन्न ठाउँमा छिट्टै टेष्ट गर्छौ भन्नुभयो, तर अहिले भारतलगायत विभिन्न देशबाट धेरै मान्छ आएका छन् के गर्नुहुन्छ ?
अहिले सबैभन्दा ठूलो समस्या भनेको भारतसँग खुल्ला बोर्डर छ । त्यहाँबाट धेरैभन्दा धेरै नेपालीहरु बिनाचेकजाच आइरहेका छन् । ती रहेकको स्वास्थ्य परीक्षण गर्न सम्भव पनि छैन । त्यसकारण पनि उहाँहरु बस्ने समुदायमा गएर विभिन्न प्रकारका टेष्टहरु गर्न आवश्यक छ । अहिले सरकारले छुट्टै अस्पताल स्थापना गर्नुभन्दा पनि भइराखेका थुप्रै अस्पताल, प्रतिष्ठानहरु छन् । त्यहाँ माइक्रोबायोलजी टेक्नोलजी पनि छ । जहाँ माइक्रोबायोलजीका टेक्नीसियन पनि हुनुहुन्छ, डक्टरहरु पनि हुनुहुन्छ । उहाँहरुलाई एउटा किट मात्रै उपलब्ध गराए पनि रिपोर्टहरु संकलन गर्न सकिन्छ ।
त्यसोभए किटको आवश्यकता छ होइन ?
हो, किट चाहिन्छ ।
कतिजति चाहिएला ?
अनुमानको कुरा गर्दा धेरै नै चाहिन सक्छ । जस्तो कोरियाले अहिलेसम्म सबैभन्दा धेरै टेष्ट गरेको छ । त्यसले गर्दा उहाँहरु अहिले धेरै कन्ट्रोलको अवस्थामा आइपुग्नुभएको छ । अहिले एक लाखभन्दा बढी नेपालीलाई यो टेष्टको आवश्यकता छ । यसमा धेरै प्रविधिका टेष्टका किटहरु पाइन्छन् । ती सबै प्रविधिका किटहरु ल्याउनुपर्ने हुन्छ । अहिले पनि त्यससँग सम्बन्धित टेक्नोलजी ८० भन्दा बढी ठाउँमा छन् । उनीहरुलाई किट मात्रै ल्याइदियो भने पनि नेपालका धेरै ठाउँमा यो टेष्ट गर्न सकिन्छ ।
संक्रमित दुई जनाको अवस्था कस्तो ?
उहाँहरुलाई अहिलेसम्म हल्का खोकी मात्रै देखिएको छ । त्यस्तो गम्भीर समस्या देखिएको छैन । कोरोनाको लक्षण देखिएका ८० देखि ८५ प्रतिशतलाई सामान्य देखिन्छ । उहाँहरुलाई निगरानीमा राख्नुपर्ने हुन्छ । १५ प्रतिशतालई मात्रै अहिलेसम्म गम्भीर भएको पाइएको छ । सामान्य लक्षण देखिएकाहरुको उपचारको लागि हामी तयारी अवस्थामा छौं ।



प्रतिक्रिया दिनुहोस्