Logo

कोरोना भाइरसको एउटा टेष्टको १३ हजार पर्छ- डा. खेम कार्की



काठमाडौं, १५ चैत्र । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सल्लाहकार डा. खेम कार्कीले कोरोना भाइरसको टेष्ट महङ्गो हुने बताएका छन् । उनले सातवटै प्रदेशमा कोरोना टेष्टको ल्याब बनाउने समेत बताए । डा. कार्कीसँग ऋषि धमलाले गरेको कुराकानीः
कोरोना भाइरसविरुद्ध सरकारले जसरी कदम चाल्नुपथ्र्यो, त्यो नसकेको हो ?
यसमा मानिसहरुलाई त्यस्तो भ्रम छ । तर, कोरोना संक्रमण नियन्त्रणका लागि चाइनामा संक्रमण देखिएदेखि नै सुरु गरेको हो । अहिले हाम्रो देशभित्र महामारी भइसकेको छैन । बाहिरबाट आएका केसहरु मात्रै छन् । त्यसैले हाम्रो अहिलेको तयारी भनेको यदि भोलि महामारी नै भयो भने कसरी त्यसलाई नियन्त्रण गर्ने भनेर व्यापक रुपमा सरकार लागेको छ ।
तपार्इंले त्यसो भनिरहँदा अहिलेसम्म ४ जनालाई संक्रम भइसक्यो फेरि धनगढीमा नयाँ केस देखियो नि ?
हिजो धनगढीमा देखिएको चौथो केस हो । त्यसमा १ जना स्वास्थ्यलाभ गरेर घर फर्किइसक्नुभएको छ । अहिलेसम्म नेपालमा विदेशबाट आउने मानिसहरुमा मात्रै देखिएको छ । विदेशबाट आउनेबाट नेपालमै बसोबास गरिरहेका मानिसहरुलाई सरेको देखिएको छैन । यसलाई नियन्त्रण गर्न हामीहरु एकदमै कहाँबाट आइरहेको छ, कसरी आएको छ भनेर खोजतलास गरिरहेका छांै । संक्रमण एकअर्कामा नसरोस् भनेर सरकार लकडाउन गरेको छ । फेरि रोग एक मिटरको डिस्ट्यान्स मेन्टेन गरेर बस्यो भने एकबाट अर्कोमा सर्दैन भन्ने विश्व स्वास्थ्य संगठनको निक्र्यौल हो । यो रोग व्यक्तिको ट्रान्समिसनबाट वा थुकबाट सर्ने हुनाले त्यसलाई मेन्टेन गर्न सरकारले कदम चालेकै छ नि ।
ती धनगढीका संक्रमित दुबईबाट आएर काठमाडौंमा घुमघाम गरेर जानुभएको छ, उहाँले धेरैलाई सार्नुभयो होला नि ?
क–कसलाई सार्नुभयो भनेर सबैलाई त्रास छ । त्यसको लागि उहाँले को–कोसँग भेटघाट गर्नुभयो त्यो पत्ता लगाउने भनेर हिजोदेखि नै खोजी सुरु गरिएको छ । उहाँ कहाँ–कहाँ जानुभयो । को–कोसँग भेटघाट गर्नुभयो भन्ने कुरा सुरु भइसकेको छ । फेरि यो कुरामा सतर्क गराउने कुरा सरकारले मात्रै गर्ने होइन । यो व्यक्ति–व्यक्तिले सचेत भएर मसँग भेट भएको थियो । मैले सही सल्लाह दिनुपर्छ भनेर पनि सचेत हुनुपर्छ । सरकारी निकायदेखि विभिन्न मिडियामार्पmत पनि कोरोनाका लक्षणहरुका बारेमा, संक्रमितसँग गर्ने व्यवहारका बारेमा सबैलाई भनिरहेका छौं । उहाँहरु जहाँबाट आउनुभएको हो, उहाँहरुलाई क्वारेन्टाइनमा फर्म भरिएको छ । तर, कतिपयले फर्म भर्दा फोन नम्बर जथाभावी देखिदिने, सही ठेगाना नलेखिदिने जस्ता समस्या पनि देखिइएका छन् । त्यसको लागि स्थानीयले पनि को कहाँबाट आयो भनेर सचेत हुनुपर्छ ।
संक्रमित थपिएको खण्डमा चालिने कदमका बारेमा स्वास्थ्य मन्त्रालय के गरिरहेको छ ?
अहिलेसम्म देखिइएका संक्रमितको उपचार गर्ने । संकास्पदमा आएकाको चेकजाच गर्ने र यदि महामारी पैmलिइहाल्यो भने के गर्ने भन्ने तयारीमा लागेको छ । यसमा स्थानीयतहमा विपद् व्यवस्थापनका लागि जे–जे तयारीहरु थिए, त्यो सबै व्यवस्थित गरिइसकिएको छ । अस्पतालहरु चुस्तदुरुस्त छन् । स्वास्थ्यकर्मीहरु यो कोराना नियन्त्रण हामीले गर्ने हो, यसको फ्रन्टलाइन आउने हामी नै हो भनेर तयार हुनुहुन्छ । यो अहिलेसम्मको नयाँ रोग भएकाले चेकजाँचका क्रममा मलाई पनि सर्की कि भन्ने त्रास हुनु त्यसलाई हामीले स्वाभाविक रुपमा लिएका छौं । स्वास्थ्य मन्त्रालयले चिकित्सकहरुको सुरक्षालाई एकदमै गहन रुपमा लिएको छ । स्वास्थ्यकर्मीको सुरक्षाको लागि स्वास्थ्य तथा जनसंख्यामन्त्रालय अहोरात्र खटेको छ ।
स्वास्थ्यमन्त्रालयमा संकटको बेलामा पनि राजनीति हुनथाल्यो रे नि, विशेषज्ञलाई कामबिहीन बनाइएको छ रे कस्तो मन्त्रालय हो यो. ?
मुलुक संघीय संरचनामा गइसकेपछि स्वास्थ्यमा पनि संरचना परिवर्तन भएका छन् । स्वास्थ्यको संरचना परिवर्तन भइसकेपछि समायोजनको कुरा पनि मिलिसकेको थिएन । को–को कहाँ–कहाँ बसेर काम गर्ने भन्ने कुराको समायोजन पनि मिलिनसकेपछि यस्तो समस्या देखिएको हो । स्थानीय तह बनिरहँदा अहिलेसम्म त्यहाँ स्वास्थ्यको संरचनागत प्रणाली बनिसकेको थिएन । अहिलेको अवस्थामा नेपालभित्रै यो रोग छैन । खाली बाहिरबाट आउने हो । त्यसरी बाहिरबाट आउने साथीहरुले कम्तिमा १४ दिनसम्म आफ्ना घरपरिवार, छरछिमेकीसँग भेटघाट नगरी छुट्टै बसेर मात्रै समुदायमा आइदिए जसरी गाउँघरमा डर, त्रास पैmलिएको त्यो निवारण हुन्छ । जो विदेशबाट आउनुभएको छ, त्यहाँ रोगको महामारी पैmलिएर, उद्योगधन्दा बन्द भएर आउनुभएको छ । त्यसैले उहाँहरु पनि नेपालमा रोग सार्न भनेर आउनुभएको होइन ।
भइराखेका योग्य र अनुभवी जशक्तिलाई काम नदिएर नयाँ जनशक्तिको लागि विज्ञापन आह्वान गर्नुहुन्छ यस्तो प्रवृत्तिले स्वास्थ्यमन्त्रालय किन कमजोर भयो ?
अहिले हामीले माग गरेको कर्मचारी कोरोना भाइरसको लागि चाहिने जशक्ति हो । स्वास्थ्यमन्त्रालय वा अर्को संस्थामा हाजिर गरेर फकिईरहनुभएको छ, उहाँहरुलाई किन काम दिन सक्नुभएन भन्ने जाहेज प्रश्न हो ऋषिजी । उहाँहरुलाई काम दिएर कोरोनामा लगाउन सक्छौं । तर, अहिले माग गरिएको कोरोनाको लागि आवश्यक चिकित्सकहरु हो । यसको लागि त त्यो विषयवस्तुसँग ज्ञान भएको, जानेको मान्छे खोज्नुप¥यो नि । यदि मुलुकमा कोरोना भइहाल्यो, महामारी पैmलिइहाल्यो त्यसलाई नियन्त्रण गर्नका लागि आवश्यक जनशक्ति तयार गर्न खोजिएको हो । यो भाइरस नेपालमा आउँदा स्वरुप परिवर्तन गरेर पनि आउन सक्छ । हिजो भूकम्पको बेला जसरी सहज ढंगले काम ग¥यौं । त्यस्तो सहज नहुन पनि सक्छ । कोरोनाबिरुद्ध सबै मिलेर काम गर्ने हो, त्यो सकिन भने कोरोनाले हामीलाई सक्छ ।
मन्त्रालय आग्रह पूर्वाग्रहभन्दा माथि उठ्नुपर्यो नि ?
मन्त्रालयले कुनै पनि हालतमा राजनीतिकरण गरेको छैन । अहिलेको अवस्थालाई हेरेर त्यसमा चुस्तता, दुरुस्तता ल्याउनको लागि बिनाआग्रह, पूर्वाग्रह लागिपरेको छ । यतिभन्दा भन्दै पनि केही ढिला चाहीं भएकै हो । छिटोछरितो ढंगले काम गर्न खोजिएको हो कुनै राजनीति गरेको होइन ।
तपाईं त सल्लाहकार हो, स्वास्थ्यमन्त्रीको सर्वत्र आलोजना किन हुन थाल्यो ?
मन्त्रालय, मन्त्रीले अभिव्यक्त गरेका कुरालाई यसलाई यसो गर्दा राम्रो हुन्थ्यो भन्ने सुझावलाई एकदमै चर्काएर लानुपर्ने कुनै कारण छैन । हरेक व्यक्तिका आ–आफ्नै सोच, ओपिनियन, तरिका र अभिव्यक्त हुन्छ । त्यही ढंगले प्रकट भएको भन्ने बुझिन्छ । यो संकटको बेलामा यसो गर्दा राम्रो हुन्थ्यो, भएन भनेर गल्ती कमजोरीहरुलाई औल्याइदिने साथीहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छौं । फेरि आलोचना मात्रै गर्ने नकारात्मक कुरा प्रवाह गर्ने तर अभियानमा सहभागी भएनौं भने हामीलाई सिध्याउँछ ।
चिकित्सक संघले पीपीईको विषयमा स्वास्थ्यमन्त्री अभिव्यक्ति गलत भयो भनेर आलोचना गरेको छ नि ?
चिकित्सकले सर्जिकलको बेलामा लगाउने ग्लोब, माक्स, टोपी सबै पीपीई अन्तर्गत नै पर्छ । यसका लेबल वान, टू, थ्री भनेर क्याटाग्वरी छन् । कस्तो बेलामा कस्तो पीपीई लगाउने भन्ने कुरा चाहीं महत्वपूर्ण हुन्छ । हामीले जति पनि टेलिभिजन, फोटोमा देखेको एकदमै क्रिटिकल अवस्थाका बिरामीहरुलाई आइसीयुमा राखिएको बेलामा उपचारका लागि जाँदा लगाउने एदमै हाई लेभल थ्रीको पीपीई हो । यो पीपीई लगाउन तरिका, त्यसलाई बँचाउने तरिका यो लगाउने छुट्टै विधि पनि छ । यो अन्तिम वस्थाको हो । अहिले रोगको माहामारी नभइकन हामीसँग भएको स्टक पीपीई सक्यौं भने त भोलि माहामारीका बेला झन् समस्या हुन्छ । अहिले हामीले पीपीई प्रयोग गर्दा लेभल अनुसारको तरिकाले लगाउनुपर्छ भनिएको हो । यहाँहरु पीपीई भनेको चार्ही लेभल थ्रीको जुन टाउकोदेखि खुट्टासम्म आउँछ त्यसलाई मात्रै पीपीई भनेर बुझ्ने गरिएको छ । अस्ति मात्रै हामीले पीपीईको लेभल र लगाउने तरिकाको बारेमा एउटा प्रोटोकल बनाएर प्रस्तुत गरेको छ । अहिले स्वास्थ्यकर्मीहरु सबैले त्यहीं अनुसारको प्रोटोकललाई फलोअप गर्नुभएको छ ।
स्वास्थ्यकर्मीका लागि किटलगायतका आवश्यक सामाग्रीहरु कहिले आउँदै छ ?
स्वास्थ्यकर्मीलाई अहिले इमेर्जेन्सीलाई चाहिने सामाग्रीहरु तयार गरेका छौं । हामी सबै छ भन्दैनौं । त्यसको लागि आवश्यक सामाग्रीहरु मगाइरहेका छौं । टेष्ट गर्नको लागि टेष्ट किटहरु एकदमै कम छ । त्यसको परिपूर्तिको लागि टेष्ट किट र चिकित्सकहरुलाई आवश्यक पर्ने मासान आइतबारसम्ममा आइपुग्छ । त्यो सामान आइसकेपछि देशभर टेष्ट गर्न काममा वृद्धि गर्छौ । टेष्ट गर्ने आवश्यक ल्याबहरुलाई पनि बृद्धि गर्दछौं । परीक्षणले मात्रै रोग नियन्त्रण हुने होइन, त्यसैले पहिला त रोग नसर्नेतिर ध्यान दिनुपर्छ ।
सातवटै प्रदेशमा परीक्षण त गर्नुप¥यो नि ?
सातवटै प्रदेश र अरु ठाउँमा पनि आवश्यक परेको खण्डमा ल्याबहरुको व्यवस्था गर्दछौं । यो परीक्षण अरु रोगको जस्तो होइन । यो एकदमै नयाँ ढंगको हुन्छ । ल्याबहरु पनि त्यही खालको चाहिन्छ । यो परीक्षण महंगो पनि छ । यसको अहिले रगत निकालेर अहिले नै रिपोर्ट आउने हुँदैन । यसको प्रोसेसिङ नै लामो हुन्छ । यसको रिपोर्ट दिन कम्तिमा पनि १४ घण्टा लाग्छ । कोरोना भाइरसको छिटो टेष्ट किटहरु जति संसारमा बनेका छन् त्यसले दिएको रिपोर्ट त्यति राम्रो छैन । त्यसैले यो टेष्टको परीक्षण ल्याबमा लगेर मात्रै हुने भएकाले यसमा समय लाग्ने छ । यो महंगो पनि छ । एउटा टेष्टको कम्तिमा नेपाली १२-१३ हजार खर्च लाग्छ ।
शंकास्पद सबैको टेष्ट गर्ने दायित्व सरकारको हो, त्यसलाई कसरी गर्नुहुन्छ ?
त्यसको लागि नेपाल सरकार र स्वास्थ्यमन्त्रालय तयार छ । त्यसको लागि सातै प्रदेशमा टेष्ट गर्नका लागि आवश्यक सामाग्री उपलब्ध गराउन मन्त्रालय अहोरात्र खटेको छ ।



प्रतिक्रिया दिनुहोस्