काठमाडौं, १५ चैत्र । नेपाल वायु सेवा निगमको विमान नेपालगञ्ज विमानस्थलको धावनमार्गमा चिप्लिएर दुर्घटना भएको छ । विमान धावनमार्ग बाहिर पुगेपनि चालक दलका सदस्य र दुई चिकित्सक सुरक्षित रहेको बुझिएको छ ।
औषधी बोकेको विमान नेपालगञ्ज पुगेको थियो । विमानमा चालक दलका तीन सदस्य र दुई चिकित्सक थिए । विमान अनियन्त्रित भई धावनमार्गबाहिर पुगेको प्रारम्भिक अनुसन्धानले देखाएको बुझिएको छ ।
सरकारले विमान उडान र अवतरण बन्द गरेपनि आकस्मिक अवस्थामा भने उड्न र अवतरण गर्न अनुमति दिने गरेको छ ।-Photo Source: Twitter Page Shiva Dahal