Logo

किसानको बारीमा तरकारी कुहियो, सर्वसाधारण दोब्बर मूल्यमा किन्न वाध्य



काठमाडौं, १५ चैत्र । अहिले बजारमा दैनिक उपभोग्य सामाग्रीको अभाव देखाइएको छ । अभाव देखाउँदै प्रत्येक तरकारीको मूल्य दोब्बर तेब्बर बनाइएको छ ।

एकातर्फ उपभोक्ता दोब्बर र तेब्बर मूल्यमा तरकारी खरिद गर्न वाध्य छन् भने किसानको तरकारी भने बारीमै कुहिन थालेको छ । यसले किसान र उपभोक्ता दुवै मारमा परेका छन् । विचौलियाहरु मनोमानी नाफा खान थालेका छन् ।

कोरोना भाइरसको रोकथामका लागि लकडाउन गर्नुअघि ४० रुपैयाँ प्रतिकेजी खुद्रा मूल्यको गोलभेडा अहिले एक सय रुपँयाँ नाघेको । काउली, बन्दा, भिन्डी, बोडी, सिमी जस्ता तरकारीको मूल्य दोब्बर भएको छ ।

किसानहरु भने विक्री गर्न नपाएर बारीमै कुहाउन वाध्य भएका छन् । लकडाउनले ढुवानीको समस्या हुँदा पनि किसानको बारीमा तरकारी उठ्न सकेको छैन । यसैको फाइदा उठाउँदै कालाबजारी हावी हुन थालेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot