Logo

कोरोना संक्रमित चौंथो युवकको दुबईबाट धनगढीसम्मको यात्रा



काठमाडौं, १५ चैत्र । नेपालमा कोरोना भाइरसबाट संक्रमित चौंथा संक्रमित धनगढीस्थित सेती अञ्चल अस्पतालमा उपचार गराइरहेका छन् । उनी संक्रमित भएको हिजो स्वास्थ्य मन्त्रालयले जानकारी गराएको हो ।

संक्रमित ३४ वर्षका छन् । उनको परिवारमा आमाबाबु, दाजु भाउजु, भतिजी, पत्नी र छोरीसहित चारजना छन् । उनीहरुलाई पनि चिकित्सकको निगरानीमा राखिएको छ ।

संक्रमित युवक ७ चैत्रमा दुबईबाट इमिरेट्सको फ्लाइट नम्बर इके ५१० बाट नयाँ दिल्लीमा ओर्लिएर त्यहाँबाट ट्रान्जिटमा एयर भिस्तराको युके १५५ विमानबाट काठमाडौंमा ओर्लिएका थिए । उनी एकरात काठमाडौंमा बसेका थिए । त्यसपछि ८ चैत्रमा बुद्ध एयरको फ्लाइट नम्बर यु ४ ४०३ बाट नेपालगञ्ज पुगेका थिए । त्याँबाट सार्वजनिक यातायातमा धनगढी पुगेका थिए । धनगढी जाने विमानको टिकट नपाएपछि उनी नेपालगञ्जसम्म प्लेनमा र त्यसपछि बसबाट घर पुगेका थिए ।

युवक वैदेशिक रोजगारीबाट फर्किएको हुन् । उनी ११ चैत्रमा अस्पताल भर्ना भएपछि उनको स्वाबको नमूना परीक्षणका लागि पठाइएको थियो । परीक्षणका क्रममा १४ चैत्रको साँझ आएको रिपोर्टमा कोभिड १९ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot