Logo

को हुन् पाचौं संक्रमित किशोरी



काठमाडौं, १५ चैत्र । नेपालमा कोरोना भाइरसको संक्रमित पाचौं व्यक्ति १९ वर्षीया किशोरी हुन् । बाग्लुङ स्थायी घर भएकी उनी बेल्जियमबाट फर्किएकी हुन् ।

किशोरी ४ चैत्रमा बेल्जियमबाट कतार हुँदै काठमाडौं फर्किएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । उनी कतार एयरवेजको क्युआर ६५२ विमानबाट काठमाडौं फर्किएकी हुन् ।

डा. देवकोटाका अनुसार यो काठमाडौं उपत्यकाबाहिरबाट आएको दोस्रो केस हो । किशोरीको अवस्था सामान्य रहेको छ । उनी चिकित्सकको निगरानीमा रहेको बताए । किशोरी अध्ययनका सिलसिलामा बेल्जियम पुगेको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्