Logo

एकै हप्ता चारजना कोरोना संक्रमित भेटिएपछि…



काठमाडौं, १५ चैत्र । देशमा एकै हप्ता चारजना कोरोना भाइरस संक्रमित भेटिएका छन् । ९ माघमा पहिलोपटक कोरोना भाइरस संक्रमित भेटिएपनि त्यसयता दुई महिना कुनैपनि संक्रमित भेटिएका थिएनन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पाँच सय शंकास्पदको टेष्ट गर्दा पनि कसैमा पनि संक्रमण भेटिएको थिएन ।

९ चैत्रमा दोस्रोपटक संक्रमण फेला पर्यो । त्यसपछि सरकारले लकडाउनको निर्णय गर्यो । लगातार चारजनामा यसै हप्ता संक्रमण भेटिएको छ । भेटिएका सबैजना विदेशबाट नेपाल फर्किएको दुई हप्ताभन्दा कम समय भएको छ । यसकारण उनीहरुले विदेशबाट संक्रमित भएको बुझिएको छ ।

संक्रमितमध्ये दुईजना युरोप, दुईजना संयुक्त अरब इमिरेट्स र एकजना चीनबाट फर्केका नेपाली हुन् । दुईजना वैदेशिक रोजगारीबाट फर्केका हुन् भने तीन जना अध्ययनका सिलसिलामा विदेश गएका विद्यार्थी हुन् ।

एकै हप्ता चारजना संक्रमित भेटिएपछि सरकारले लकडाउन झन् कडा गरेको छ । लकडाउन उल्लंघन गर्नेलाई क्वारेन्टाइनमा राख्न थालेको छ । जसका कारण मानिसहरु कमैमात्र घरबाहिर निस्किएका छन् ।

संक्रमितबारे
पहिलो: चीनबाट फर्केका युवकको ९ माघमा संक्रमण पत्ता लागेको थियो ।
दोस्रो: फ्रान्सबाट फर्केकी १९ वर्षीया किशोरीको ९ चैत्रमा पत्ता लागेको
तेस्रो: युएईबाट फर्किएका ३२ वर्षीय युवकको १२ चैत्रमा पत्ता लागेको
चौंथो: युएईबाट फर्किएका ३४ वर्षीय युवकको १४ चैत्रमा पत्ता लागेको
पाचौं: बेल्जियमबाट फर्किएकी १९ वर्षीया किशोरीको १५ चैत्रमा पत्ता लागेको



प्रतिक्रिया दिनुहोस्

Screenshot