Logo

कोरोना संक्रमित पाँचैजना १९ देखि ३४ वर्ष उमेरबीचका



काठमाडौं, १५ चैत्र । विश्वभर कोरोना भाइरस संक्रमितमध्ये अधिकांश बढी उमेरकाहरु रहेको तथ्यांक आइरहेको छ । तर, नेपालमा संक्रमित पत्ता लागेका पाँच जना नै ३५ वर्ष मुनीका छन् ।

संक्रमितमध्ये दुई किशोरी र तीन युवक छन् । किशोरीहरु दुवैको उमेर १९ वर्ष छ । युवकहरुमध्ये पहिलो संक्रमित २६, दोस्रो संक्रमित ३२ र तेस्रो संक्रमित ३४ वर्षका छन् । सबैजना विदेशबाट फर्किएका हुन् ।

संक्रमितमध्ये पहिलो संक्रमित ९ माघमा परीक्षणबाट पत्ता लागेको हो । चीनबाट आएका नेपाली विद्यार्थीमा संक्रमण भेटिएपछि उनको उपचारपछि निको भएको थियो ।

दोस्रो संक्रमित १९ वर्षीया किशोरी हुन् । उनी फ्रान्सबाट नेपाल आएकी थिइन् । तेस्रो वैदेशिक रोजगारीमा गएका धादिङ स्थायी घर भएका ३२ वर्षीय पुरुष हुन् ।

चौंथा संक्रमित धनगढीस्थित सेती अञ्चल अस्पतालमा उपचाररत ३४ वर्षीय पुरुष दुबईबाट ७ चैत्रमा अगाडि फर्किएका हुन् । उनी वैदेशिक रोजगारीका लागि दुबई गएका युवक दुबईबाट दिल्ली काठमाडौं, नेपालगञ्ज हवाई मार्गबाट र त्यहाँबाट सडक मार्गबाट ८ चैत्रमा कैलाली पुगेको बुझिएको छ ।

कोरोना संक्रमित पाचौं व्यक्ति १९ वर्षीया किशोरी हुन् । बाग्लुङ स्थायी घर भएकी उनी बेल्जियमबाट फर्किएकी हुन् । उनी संक्रमित भएको १५ चैत्रमा पत्ता लागेको हो ।



प्रतिक्रिया दिनुहोस्