Logo

मानवजातिकै कठिन अवस्था- डा. भगवान कोइराला



काठमाडौं, १५ चैत्र । वरिष्ठ चिकित्सक डा. भगवान कोइरालाले कोरोना भाइरसको महामारी मानवजातिकै कठिन अवस्था भनेका छन् । यसका लागि सबै एकजुट भई नियम ध्यानपूर्वक पालना गरी घरभित्रै बस्न आग्रह गरेका छन् । उनले चिकित्सकहरुलाई पनि संकटको घडीमा आफू पनि जोगिएर खटिन अनुरोध गरेका छन् । डा. कोइरालासँग ऋषि धमलाले गरेको विशेष कुराकानीः
अहिलेको अवस्थालाई कसरी लिनुभएको छ ?
यो अहिले विश्वमै मानवजातिकै कठिन अवस्था हो । यसलाई हामी सबै एकजुट भएर नियम ध्यानपूर्वक पालना गर्नुपर्छ । यसमा अलिकति सजगता अपाउँदा हजारौंको ज्यान बँच्न सक्छ । त्यसमा तपाईं हामी दुवै पर्न सक्छौं । त्यसको लागि जनस्वास्थ्यका विज्ञले दिएको राय मानेर घरभित्रै बसौं । बृद्धबृद्धाको लागि टाढैबाट स्याहारसुसार गरौं । नचिनेको बस्तु छुनेबित्तिकै साबुन पानी अथवा स्यानिटाइजरले हात सफा गरौं । आफ्नो स्वास्थ्यको लागि सरसफाई र खानपानमा ध्यान दिऔं । अहिले विश्वको मूल मन्त्र नै यही हो । हामी चिकित्सकहरु पनि सेवालाई कसरी प्रभावकारी बनाउने भनेर एकजुट भएका छौं । यसलाई सबै मिलेर क्षति न्यूनिकरणतिर लाग्नुपर्छ ।
तपाईं वरिष्ठ चिकित्सकको हैसियत नेपालका चिकित्सकहरुलाई के भन्नुहुन्छ ? अहिले स्वास्थ्यकर्मीहरुलाई काम गर्ने वातावरण छ ?
अहिले संसारै त्रसित छ । हामीहरु पनि त्रसितै छौं । अमेरिका जस्तो देशमा पीपीई नपुगेर पलास्टिक काटेर काम चलाएको पनि देखियो । अहिले संसारै नयाँखाले समस्याको सामना गर्न वाध्य छ । हामी पनि त्यसबाट अछुतो छैनौं । कुरा त्यतिमात्र होइन । त्यसकारण मेरोतर्पmबाट सबै चिकित्सक साथीहरुलाई ‘हामीहरु सुरक्षित हुनैपर्छ, त्योबिना हुँदैन’ । तर, हामी पीपीईलगायतका सामाग्रीबाट आफ्नो ज्यानको सुरक्षा गर्दै मानवजातिकै वा जनताको स्वास्थ्य सुरक्षामा खटिने हो । मेरोतर्पmबाट साथीहरुलाई त्यही अनुरोध गर्छु, ‘आफ्नो ज्यानको सुरक्षा गरौं, काममा दत्तचित्त भएर लागौं ।’
यो रोगबाट सबैलाई सुरक्षित ढंगले उपचार गर्न सक्छौं ?
अहिलेसम्म डेफिनट्ली उपचार संसारमै भएन । केही मिल्दाजेल्दा औषधिहरु आएका छन् । केही एन्टीभाइरस औषधि फेला परेका छन्, तिनीहरु चाहीं यहाँ छैनन् । तर, केही औषधि भने यहाँ पनि छन् । यसमा चिकित्सक, समाज सबै मिलेर जनताको उपचार कसरी जान सकिन्छ भनेर एउटा निर्णय लिएर अगाडि जाने हो । खाली अहिले यो त्रासबाट जनतालाई कसरी इन्करेजिङ गर्ने भनेर राज्यले सकारात्मक टोनमा प्रस्तुत हुनुपर्छ । भन्दैमा हुन त केही होइन, तर हामी यसमा लागेका छौं भन्ने म्यासेज जनताले अनुभूति गर्न पाउनुपर्छ । त्यसले सबैसँग छौं म्यासेज जान्छ । दोस्रो कुरालाई जतिसुकै प्राविधिक बनाए पनि उपचारको मामिलामा जितहारको पैmसला गर्ने हो । यसको निर्णय फेरि हाम्रै चिकित्सकको हातमा छ । सकेसम्म हाम्रा जनशक्तिहरुलाई एकिकृत उपचारमा केन्द्रित गरौं । अहिलेसम्म नेपालमा रोग पैmलिएको छैन । त्यसैले सकेसम्म सबैजना घरभित्रै बसौं ।
अहिले कोरोनाको सबै ठूलो औषधि भनेको सबै घरभित्रै बस्ने हो ?
हो, घरमै बस्ने, व्यक्तिगत सरसफाइअन्तर्गत हात राम्रोसँग धुने ।
यसमा निजी क्षेत्रले पनि सहयोग गरेको छ ?
अहिलेसम्म उहाँहरुसँग जति अन्तरक्रिर्याहरु गरेका छौं । उहाँहरुले एकदमै कमिटमेन्ट देखाउनुभएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot