काठमाडौं, १६ चैत्र । आज श्री शाके १९४१ वि.सं. २०७६ साल चैत्र १६ गते आइतबार इश्वी सन २०२० मार्च २९ तारीख चैत्र शुक्लपक्ष पञ्चमी तिथी कृत्तिका नक्षत्र ्प्रीति योग बव करण चन्द्रमा बृष राशिमा आनन्दादि योगमा धुम योग प्रमादीनाम संवत्सर सुर्य उत्तरायण वसन्त ऋतु ( ज्यो.प. सरोज घिमिरे)
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) प्रियजनको स्वास्थमा सामान्य खराबि आउनाले मानसीक समस्या आईपर्न सक्नेछ । बाणीमा मधुरता छाउनाले कुल कुटुम्बहरुको साथ सहयोगमा बृद्यिहुने योग रहेकोछ । नयाँ लगानिका क्षेत्रमा बिशेष सजगरहनु पर्ने समय रहेकोछ । यात्रामा सजग रहनुहोला । बादबीवादको झमेलामा फस्न सक्ने सम्भाबना रहेको छ ।
बृष राशि ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) ब्यापार ब्यवसायको निम्ति तथा नयाँ लगानीका लागि राम्रो समय रहेको छ । मान्यजनको साथ र सहयोगद्वारा गरीरहेको काममा बिशेष फाइदा प्राप्त हुनेछ । मनोबिलासिताका साधनको प्रयोगमा अधिक समय ब्यतित रहनेछ । स्वास्थ्यसम्बन्धि समस्या ले सताउला । भौतिक स्रोत तथा साधनको प्रयोगले मन प्रशन्न रहला ।
मीथुन राशि ( का, कि, कु, घ, ङ, छ, के, को, ह) सामान्य आर्थीक अभाबको सामना गर्नुपर्ने छ । मेहेनत अनुरुपको फल प्राप्ति नहुनाले दिन निरासापुर्ण ब्यतित हुने छ । सामान्य यात्राको सम्भाबना रहेकोछ । खानपानका कारण स्वास्थमा भने सामान्य समस्या देखा पर्नेछ । अरुको छीटो बिश्वास गर्ने बानिको कारण तपाँईलाई सामान्य धोका हुन सक्छ ।
कर्कट राशि ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो) पुराना तथा प्रिय मित्रजनको भेटघाटले मन हर्षित रहनेछ । मनोरञ्जनको क्षेत्रमा धेरै समय ब्यतित हुन सक्छ । तपाईको क्षमताको उचित मुल्याङ्कन हुने समय रहेकोछ । प्रतिपक्षीहरु सबल रहनाले कार्य सम्पादनमा झन्झट ब्यर्होनु पर्ला । नयाँ कार्यको थालनिले मन प्रशन्न रहला ।
सिंह राशि ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे) परोपकारको क्षेत्रमा धेरै समय र परीश्रम खर्च हुनसक्छ । मान्यजनको अनुसरणबाट बिशेष लाभ प्राप्त हुने समय रहेको छ । मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । शारिरिक आलस्यताले सताउला । पारिवारिक साथ सहयोगबाट काममा बिशेष फाईदा हुनेछ ।
कन्या राशि ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो ( कार्य सम्पादनमा भएका सामाय त्रुटिले अपजसको सामना गनु पर्ने सम्भाबना रहेको छ । अनावश्यक यात्राको सम्भाबना रहेकोछ । प्रतिष्पर्धीहरु कमजोर रहनाले तपाइलाइ कार्य क्षेत्र सहज बन्नेछ । जटिल कार्यहरु सम्पादन गर्न उत्तम समय रहेकोछ । दाजुभाई तथा मित्रजनको साथ सहयोगमा गरीएका कार्यमा बिशेष फाईदा पुग्नेछ ।
तुला राशि ( र, रि, रु, रे, रो, ता, ति, तु, ते ( कार्य सम्पादनमा अरुको दबाबको अनुभब हुन सक्नेछ । स्वास्थमा देखा परेको गढबढीले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न गराउला । भोजभतेर जन्य कार्यमा सहभागीताको योग रहेकोछ । सभा तथा सम्मेलनमा सहभागिताको समय रहेकोछ । तपाईको कार्यको फल अरुलाई सहजै प्राप्त हुनाले मनमा खिन्नता उत्पन्न हुनेछ ।
बृश्चिक राशि ( तो, ना, नि, नु, ने, नो, या, यि, यु) ब्यापार ब्यवसायको क्षेत्रबाट मनग्य लाभ उठाउन सकिएला । जीवनसाथीको सहयोगमा गरिएका कार्यहरुमा सफलता हात लाग्नेछन । अध्यनअध्यापनमा लगाईएको समय महत्वपूर्ण रहनेछ । सीप तथा क्षमताका आधारमा कार्यहरु सम्पादित रहनेछन् । कार्य सम्पादनमा लगाईएको लगनसिलताको राम्रो कदर हुनाले मन प्रशन्न रहनेछ ।
धनु राशि ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे ( अपरीचीत ब्यक्तिहरुको बिश्वास गर्नाले षड्यन्त्रमा फसिएला सजग रहनुपर्ने समय रहेको छ । शत्र सबल रहनेछन । मानसम्मानमा आँच आउनसक्ने सम्भाबना रहेकोले विशेष सजग रहनुहोला । आर्थिक झमेलाले सताउनेछ । सामान्य आर्थिक अभावको सामना गर्नुपर्नेछ । यात्रा खर्चदायक रहनसक्ने सम्भाबना रहेको छ ।
मकर राशि ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि) अध्यनअध्यापनका क्षेत्रमा समय उत्तम रहनेछ । सानो प्रयासले ब्यक्तित्व विकासमा निकै टेवा पूर्याउनेछ । आम्दानि मध्यम रहनेछ । बौधिक ब्यत्तित्वहरुको अनुशरण दिर्घकालिन फाईदाका स्रोत बन्नेछन । आफुभन्दा सानोको सहयोगमा गरिएका कामहरु दिगो तथा फाईदामुलक साबित हुनेछन ।
कुम्भ राशि ( गु, गे, गो, सा, सि, सु, से, सो, द) भौतिक स्रोत तथा साधनको प्रयोगमा समय ब्यतित रहला । कार्य सम्पादनमा भएका सामान्य त्रुटिले अपजसको सामना गनुपर्ने सम्भाबना रहेको छ । मान्यजनहरुको साथसहयोगमा जटिल कार्यहरु सम्पादित रहनेछन । अरुको दबाबको अनुभब हुन सक्नेछ । सामाजिक कार्यका क्षेत्रमा धेरै समय र परीश्रम खर्चिनु पर्नेछ ।
मिन राशि ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि) मान सम्मान प्राप्तिको योग रहेको छ । प्रिय मित्रजनसँगको भेटघाटले मन प्रशन्न रहला । अध्यन अध्यापन मध्यम रहनेछ । मनमा चन्चलताले बास गर्नाले सहि निर्णय गर्न नसकीएला । कार्य सम्पादनमा लगाईएको लगनसीलताको राम्रो कदर हुनाले मन प्रशन्न रहनेछ । बल पराक्रममा बृद्धि हुनेछ ।