Logo

चौंथो कोरोना संक्रमित भन्छन्- डाक्टरहरु मेरो अगाडि आउनै डराउनुहुन्छ



रिपोर्टर्स नेपाल, १६ चेत्र । नेपालका चौंथो कोरोना भाइरसका संक्रमित धनगढीका हुन् । उनी सेती प्रादेशिक अस्पतालमा उपचार गराइरहेका छन् । दुबईमा वैदेशिक रोजगारीमा रहेका उनी काठमाडौं हुँदै नेपालगञ्जबाट धनगढी पुगेका हुन् । उनले आफ्नो यात्राविवरण देखि अहिलेको उपचार गराइरहँदाको अवस्थाबारे ऋषि धमलासँग विशेष कुराकानी गरेका छन् । उनीसँग रेडियो एनआरएनमा धमलाले गरेको कुराकानीः
तपाईं काठमाडौं कसरी आउनुभयो ?
म दबईबाट दिल्ली हुँदै नेपाल आएको हुँ । दिल्लीमा ६ घण्टा ट्रान्जिट थियो । दिल्लीबाट काठमाडौं आएको हो ।
कोरोना संक्रमित कहिले हुनुभएको रहेछ केही थाहा पाउनुभयो ?
म आफै सेती अञ्चल अस्पताल गत बिहीबार आएको हुँ । हल्का खोकी टाउको दुख्ने भएपछि म सेती अञ्चल अस्पताल धनगढी आएको हुँ । यहाँ डाक्टरहरुले तपाईं कुन देशबाट आउनुभएको भन्दा मैले दुबईबाट आएको भनेँ । अनि डाक्टरसा’बहरुले तपाई अब १४ दिन यही बस्नुपर्छ यहाँ तपाईंको टेष्ट गरिन्छ भन्नुभयो । हुन्छ भनेर बसेँ । परीक्षण गरेर रिपोर्ट आउँदा तपाईंको कोरोना पोजेटिभ देखाएको छ भन्नुभयो ।
तपाईं दुबईमा काम गर्नुहुन्छ ?
हो म दुबईमा काम गर्छु ।
आउनुअघि दुबईमा कस–कसलाई भेट्नुभएको थियो ?
आउनुअघि कोठामा साथीहरुसँग मात्रै भेट भएको छ ।
दुबईमा कोरोना प्रकोप छ नि होइ ?
त्यहाँ पनि प्रकोप त छ, उहाँ भएका साथीहरुले पनि चेकअप गर्नुभयो । उहाँहरुलाई नर्मल नै छ ।
सँगै बस्ने साथीलाई नर्मल छ, तपाईलाई चाहीं कोरोना पोजेटिभ भयो हो ?
हो, हजुर ।
तपाईं दुबईबाट काठमाडौंसम्म आउँदा कति जनालाई भेट्नुभयो ?
म काठमाडौं आउँदा मेरो भाइ मामाको छोरासँग भेट भयो । उहाँ पनि अहिले क्वारेन्टाइनमा बस्नुभएको छ । अनि मेरो परिवार ।
परिवारभन्दा बाहिरका मान्छेहरुसँग कुराकानी गर्नुभएन ?
बाहिरका मान्छेसँग खासै भेट भएन । काठमाडौंमा मामा घरमा बसेको हो । मामाहरु पनि काठमाडौंमा क्वारेन्टाइनमा बसिरहेका छन् । अनि यता धनगढीमा परिवारसँग भेटघाट खानपान भएको हो । बाटोमा आउँदा पनि केही साथीभाइहरुसँग हाइहेलो त भयो ।
हाइहेलो मात्रै भयो नजिक घेटघाट कुराकानी भएन ?
त्यस्तो भएन ।
तपाईं काठमाडौंबाट प्लेनमा जानुभयो त्यहाँ पनि धेरै यात्रुहरु थिए होलान् नि ?
बुद्ध एयरलाइन्सबाट नेपालगन्ज हुँदै म धनगढी आइपुगेको हुँ ।
तपाईं जसरी दुबईबाट आउनुभयो त्यसमा धेरै यात्रुहरु थिएन नि ?
त्यो प्लेनमा त धेरै जना थिए ।
उनीहरुसँग पनि तपाईंको कुराकानी भयो ?
प्लाउने त कोहीसँग पनि त्यस्तो कुराकानी भएन ।
तपाईंको सिटमा साथै बस्नेहरु नि ?
मेरो सिटमा बस्ने सँगै कुराकानी गर्ने एकजना साथी हुनुहुन्थ्यो । उहाँ पनि अहिले क्वारेन्टाइनमा बसिरहनुभएको छ ।
तपाईंसँग प्लेनमा जो–जो आए, ती सबै क्वारेनटाइनमै छन् ?
मसँग सम्पर्क भएको एकजना मात्रै साथी हो । ऊ मेरो साइटमा थियो । अहिले उहाँलगायतका उहाँका परिवारहरु क्वारेन्टाइनमा बसिरहेका छन् ।
विमानमा त धेरै यात्रुहरु थिएहोलान् नि ?
विमानमा त पुरै यात्रुहरु थिए । तर, अरुसँग मेरो कुनै सम्पर्क थिएन ।
त्यो बेला पछाडि, अगाडि बस्ने मान्छेहरुसँग कुराकानी भएन ?
उहाँसँग कुनै कुराकानी भएन । उहाँहरु सबै इण्डियनहरु थिए । त्यसैले पनि त्यस्तो कुराकानी भएन ।
उनीहरु भारतीय नागरिकहरु थिए हो ?
हो, भारतीय नागरिकहरु थिए ।
तपाईं काठमाडौं ओर्लिइसकेपछि कहाँ जानुभयो ?
काठमाडौं ओर्लिएपछि भाइलाई बोलाएँ । उसको बाइक लिएर आएको थियो त्यसैमा गएँ ।
मोटरसाइकलमा जानुभयो ?
हो, भाइलाई बोलाएर मोटरसाइकलमा मामाको घरसम्म गएको हो ।
त्यहाँबाट सोभैm मामाको घरमा जानुभयो ?
हो, एयरपोर्टबाट भाइको मोटरसाइकिलमा मामाको घरमा गएँ ।
मामाको घरमा कति दिन बस्नुभयो ?
त्यहाँ एकरात बसेँ अनि भोलिपल्ट एयरपोर्ट गएँ ।
भोलिपल्ट एयरपोर्टको डोमेस्टिकमा गएर बुद्धएयरबाट नेपालगन्ज जानुभयो हो ?
हो ।
नेपालगन्ज एयरपोर्टमा पनि भेटवार्ता भयो होला त्यहाँ भीडभाड थियो होला नि ?
नेपालगन्ज एयरपोर्टमा म जाँदा भीडभाड थिएन ।
त्यसपछि तपाईं मलाई कोरोना लागेको छ भन्ने कसरी थाहा भयो ?
यहाँ डाक्टरसा’ब भन्दाखेरी मात्रै थहाँ भयो । जस्तो म शनिबार बेलुका घरमा पुगेको हुँ । त्यतिबेला बेलुका ६ बजेको थियो । अनि आइतबार मलाई हल्का ज्वरो आएको थियो । अनि फेरि मलाई केही ठिक भयो । त्यति हुँदा पनि म मंगलबार आपैm अस्पिटल आएँ । त्यति बेला हल्लाका खोकी लागिरहेको थियो । त्यसपछि अस्पतालमा डाक्टरलाई चेक गराएँ । मेरो छातिको एक्सरे भयो । ब्लड, पिसाब चेक गर्दाखेरी त्यस्तो केही छैन राम्रो छ रिपोर्ट भनियो । घाँटीको खकार लिनुभयो त्यसको परिपोर्ट आउँन चाहिं दुई-तीन दिन लाग्छ भन्नुभयो । त्यतिन्जेलको लागि तपाईंं यही क्वारेन्टाइनमा बस्नुपर्छ भन्नुभयो । पछि रिपोर्ट आउँदा पोजेटिभ कोरोना देखियो ।
अहिले तपाईं सेती अञ्चल अस्पतालमा हुनुहुन्छ, त्यहाँ उपचार राम्रो भइरहेको छ ?
उपचारको लागि यहाँ कुनै मेसिनहरु नै छैन । डाक्टरहरुको लागि पनि जचाउन आउने माक्स, पीपीई, चस्माहरु केही छैन । उहाँहरु मेरो नजिक आउनै डर मान्नुहुन्छ । उहाँहरु आफ्नो ज्यान जोखिममा राखेर कसरी आउनुहुन्छ ? मलाई एउटा ठाउँमा राखिएको छ । टाढैबाट सोध्नुहुन्छ ठिक छ भनेर अनि म भन्छु ‘मलाई मेडिसिनहरु केही दिएको छैन’ भन्छु, अनि उहाँहरु भन्नुहुन्छ, ‘तिमीलाई केही भएकै छैन’ भन्नुहुन्छ । अरु केही भएकै छैन केको मेडिसिन दिनु भन्नुहुन्छ ठीकै हो ।
त्यसोभए तपार्इंलाई कुनै पनि औषधिहरु दिइएको छैन ?
छैन, केही मेडिसिनहरु दिइएको छैन ।
तपाईंलाई कुनै समस्या छ अहिले ?
मलाई त्यस्तो कुनै समस्या नै छैन ।
कुनै ज्वरो, रुघाखोकी केही छैन ?
त्यस्तो केही छैन । हल्का खोक्ने पहिलादेखिको ह्याबिट हो । घाँटी समाए जस्तो हुन्थ्यो पहिलादेखि नै मेरो ।
अस्पतालमा डाक्टरहरुले नहेरेको विषयमा तपाईंको प्रतिक्रिया के छ ?
औषधि नभए पनि कुनै बेला आएर के छ कसो छ भने त एउटा हौसलासम्म हुन्थ्यो । अब एउटा कोठामा राखिदिएको छ । डाक्टरहरु कतिबेला आउनु हुन्छ, जानु हुन्छ थाहै हुँदैन । उहाँहरु भन्नुहुन्छ हामीहरु गरिराखेका छौं भनेर । गर्नुभएको छ या छैन त्यो मलाई थाहा छैन । हेरबिचारै नगरेपछि मलाई के थाहा मलाई केही गरेकै छैन भन्ने लाग्छ ।
त्यसोभए तपाईंलाई डाक्टरहरुले उपचार गरेका छैनन् ?
उपचारभन्दा पनि उहाँहरुको लागि पनि केही छैन सामाग्रीहरु । हामीसँग केही सामाग्री नै छैन, हामी के उपचार गर्नु अब आपैm गर्ने हो भन्नुहुन्छ । त्यसको लागि सबै आपैmले गरेको छु । तातो पानी तताएर खान्छु, स्याऊ सुन्तलाहरु मगाएर आपैmले खाइरहेको छु ।
परिवारका सदस्यहरु आइरहेका छैनन् ?
परिवारका सदस्यहरु सबै क्वारेन्टाइनमै छन् ।
तपाईलाई कोही भेट्न आएका छैनन् हो ?
भेट्न भन्नाले मेरो रिलेटिभहरु खाना दिएर आइदिन्छन् । अनि राखेर गइहाल्छन् ।
तपाईंका साथीहरु छन्, जो क्वारेन्टाइमा बसेका छन् उनीहरुलाई के भन्न चाहनुहुन्छ ?
उहाँहरुलाई आफ्नो जीवन रक्षाको लागि सरकारले लगाएको लकडाउनको राम्रो पालना गर्नुहोला । कसैले संका लागेको छ स्वास्थ्यचौकी गएर चेक गर्नुहोला । त्यसपछि सबैलाई होम क्वारेन्टाइनमा बस्दिनुहोला भन्न चाहन्छु ।
तपाईं अहिले सन्चो अवस्था हुनुहुन्छ हो ?
म सञ्चै छु । कतारबाट आउँदा पनि म यस्तै थिएँ । अहिले पनि उस्तै छु ।
केही फरक आएको छैन ?
ममा केही फरक आएको छैन । म सबैलाई भन्न चाहन्छु मलाई कोरोना लागेको छ । तपार्इंंहरु पनि परीक्षण गर्नुहोला आफ्नो रोग नलुकाउनु होला । यो रोग निको हुन्छ । लुकाउनु, डराउन, आत्तिनुपर्ने केही छैन ।
दुबईबाट हाठमाडौं आउँदा र आजको दिनमा केही फरक छैन ?
छैन, यस्तै थिएँ । त्यो बेला र अहिले केही फरक छैन ।



प्रतिक्रिया दिनुहोस्