काठमाडौं, १६ चैत्र । उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक भर्खरै सम्पन्न भएको छ । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको बैठकले लकडाउनको अवधि अझै थप्न सिफारिश गरेको छ । बैठकमा सहभागी एक मन्त्रीका अनुसार समितिले यसबारेमा सिफारिश गर्ने भएको हो ।
सरकारले यस अघि चैत ८ देखि १८ गतेसम्म हवाई उडान रोक्ने निर्णय गरेको थियो । कोरोनाको सङ्क्रमणको त्रास बढेपछि सरकारले पूर्ववतृ निर्णयअनुसार नै अन्तर्राष्ट्रिय हवाई उडानमा रोक लगाउन समय थप गरेको हो । बैठकपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले भने,“कोरोना सङ्क्रणको त्रास कायम रहेकाले हवाई उडान रोक्ने निर्णय भएको छ ।”
सरकारकै मन्त्रीहरुले कम्तिमा लकडाउन २१ दिन पुर्याउने कुरा सार्वजनिक रुपमै बोल्दै आएका थिए । यसअघि सरकारले लगाएको एक साताको लकडाउन यही चैत्र १८ गते सम्पन्न हुँदैछ । आज साँझ बस्ने मन्त्रिपरिषदको बैठकले कम्तिमा एक साता अझै लकडाउन थप्नेबारे निर्णय लिन लागेको छ। तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम
Related News: